Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

इन्दिरा गान्धीको बायोपिकका लागि कंगनाले सुरु गरिन् तयारी

Tuesday, July 6, 2021 National Power

बलिउडमा आफ्नो अभिनय र विवादित बयानका कारण चर्चामा रहेकी नायिका कंगना रनावत एकपछि अर्को बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् । उनले, जयललिताको बायोपिकमा काम गरिसकेकी छिन् । यो चलचित्र प्रदर्शनका लागि तयारी अवस्थामा छ ।

यसैविच, कंगनाले इन्दिरा गान्धीको बायोपिकका लागि पनि तयारी सुरु गरेकी छिन् । कंगनाले सामाजिक संजालमा भिडियो र तस्वीर सार्वजनिक गर्दै प्रास्थेटिकका लागि तयार भैरहेको उल्लेख गरेकी छिन् । यो चलचित्रलाई सई कविरले निर्देशन गर्दैछिन् ।

कंगनाले तस्वीर सार्वजनिक गर्दै आफ्ना लागि हरेक नयाँ भूमिका नयाँ यात्राको सुन्दर सुरुवात भएको उल्लेख गरेकी छिन् । उनले, चलचित्रका लागि शरीर र अनुहारको स्क्यान गरेको लेखेकी छिन् । उनले, कुनै पनि चर्चित व्यक्तिको बायोपिकमा काम गर्दा पर्दामा उसको चरित्र जिवन्त रुपमा उतार्न आवश्यक रहेको पनि लेखेकी छिन् ।

तमिलनाडुकी मुख्यमन्त्री जयललिताको बायोपिक ‘थलाइवी २३’ अप्रिल महिनामा रिलिजको तयारीमा थियो । तर, कोरोनाको दोश्रो लहरका कारण यो चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । कंगना चलचित्र ‘धाकड’मा पनि काम गर्ने तयारीमा छिन् । यस्तै, कंगना चलचित्र ‘तेजस’मा पनि काम गर्ने तयारीमा छिन् । बलिउडका निर्माता, निर्देशक तथा कलाकारसँग विवादमा रहेपनि कंगनालाई कामको अभाव भने छैन ।