Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि, ८ सय टर्की नष्ट गरिदै

Wednesday, May 26, 2021 National Power

काठमाडौं – काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौंको किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

किर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टि पछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए । प्रारम्भिक रुपमा करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानै देखि प्राविधिक खटिएको प्रवक्ता ढकालले जानकारी दिए । अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पिसिआर विधिबाट गरेको परिक्षण बर्डफ्लु पुष्टि भएको हो ।

हामी अहिले संक्रमण थप फैलन रोक्न काम गरिरहेका छौं । प्रवक्ता ढकालले भने । व्यवसायीक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा उक्त संक्रमण पाइएको विभागले जनाएको छ । पन्छी नष्ट र निसंक्रमण विधि सकिएपछि बुधबार साँझसम्म बिष्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ । काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा केही महिना अघि लोकल कुखुरा र टर्कीमा बर्डफ्लु पाइएको थियो ।