Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

बनेपामा सुगन्ध ब्युटि एण्ड हेयर मेकअप स्टुडियोको उद्घाटन

Sunday, January 3, 2021 National Power

 अरबिन्द्र गौतम, काभ्रे
नायिका करिष्मा मानन्धरले काभ्रेको बनेपामा सुगन्ध ब्युटि एण्ड हेयर मेकअप स्टुडियो उद्घाटन गर्ने क्रममा गाँउका मानिसहरुले आफ्नो फेसमा ध्यान नदिएकाले बिस वर्षमा नै धेरै उमेर गएको जस्तो देखिने बताउनुभएको छ । मानन्धरले कोरोनाका कारण थलिएको अर्थतन्त्र माथी उठाउन साना–साना व्यापार व्यवसायले पनि धेरै साघाउनुको साथै बिशेष गरि महिलाहरुको लागी घर व्यावहार चलाउन साना व्यावसाय बाट नै धेरै फाइदा हुने भएकाले महिलाहरु यसमा अकर्षित भएको बताउनु भयो ।

घरायसी काम सँगसँगै आफ्नो व्यवसाय अघि बढाउन सहज हुने भएकाले विशेषगरी महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउन, सौन्दर्य बढाउन, शरिरको हेरचाहका लागि पार्लरले सघाउने पनि नायिका मानन्धरले बताउनुभयो । कोरोनाका कारण सबै ब्यापार व्यावसाय ठप्प भएको अवस्थामा पनि ठुलो लगानीमा सुगन्ध ब्युटि एण्ड हेयर मेकअप स्टुडियो सञ्चालनमा ल्याइएको छ ।

रमिला रन्जितकार र कुमार मैनालीले करिब १८ लाख लगानी गरेर ब्युटि एण्ड हेयर मेकअप स्टुडीयो सञ्चालन गर्नुभएको हो । यहाँ ७ जनाले रोजगारी समेत पाउनेछन् । पार्लरले महिला र पुरुष दुवैको लागि सौन्दर्य सुविधा उपलब्ध गराउनुका साथै ट्रेनिङ पनि दिइने सञ्चालक रन्जितकारले जानकारी दिनुभयो ।