Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

एकअर्काको पोल खोल्दै प्रीतम आचार्यसंगै पहिलोपटक मिडियामा उनको दिदी (भिडियो)

Sunday, November 15, 2020 National Power

ईटहरी- भारतिय चर्चित टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा गएपछि लोकप्रिय बनेका बाल गायक प्रीतम आचार्य यतिबेला घरमै छन् । स्वरका कारण आफुलाई संगै नेपाललाइ समेत विश्वमाझ चिनाउन योगदान दिएका आचार्य उक्त रियालिटी शो बाट फर्केपछि भने सुस्ताए । केही सम्मानका कार्यक्रम र पढाईमा भन्दा उनको ध्यान गएन । जिटिभिको सम्झौताको कारण पनि उनी चुप थिए । लकडाउनको समयमा प्रीतम मोटाएका पनि छन् ।

भारतबाट फर्किएपछि एउटा गीत उनको आवाजमा सार्बजनिक भयो । सो गीत नितान्त उनको आवाजमा मात्रै थिएन । तर, अब भने उनले केही गीतहरु सार्बजनिक गर्ने तयारी गरेका छन् । धेरै पछि मिडियामा देखिएका उनले यो कुरा बताएका हुन् । यो लकडाउनको समयमा ३ ओटा भिन्नाभिन्नै स्वादका गीतहरु रेकर्ड भैसकेको उनले बताए । उनी संगै मिडियामा पहिलो पटक प्रीतमको एकमात्र दिदी प्रीया आचार्य पनि देखिएकी छन् ।
पहिलो पटक मिडियामा आउदा खुसी र डर दुबै लागेको उनले बताए । तिहार नजिकिदै गर्दा यसैलाई लक्षित गरेर प्रीतम र उनको दिदिसंग तिहार विशेष कुराकानी गरिएको छ । कुराकानिमा दुबैले एकअर्काको पोल खोले । प्रीयाको भने डान्समा रुचि रहेको बताईन् । सानैदेखि डान्समा रुचि राख्ने उनी गीत गाउनमा भने खासै सौखिन नरहेको सुनाईन् । ११ मा पढ्दै गरेकी प्रीयाको इच्छा मोडलिङमा पनि रहेको छ । परिवारको सबैले सपोर्ट गरेका कारण जे केही राम्रा काम गर्न रोकतोक नरहेको उनले कुराकानिका क्रममा भनेकी छन् ।