Thursday 26th November 2020

    बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको शसक्त अभिनय (भिडियो सहित)    हाम्रो नाराले दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ : सुबोध कुमार गुप्ता    एक वर्षका २६ एकादशी, कुन व्रत केका लागि बसिन्छ ?    महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु    बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

कोरोना संक्रमित पत्रकार भन्छन् : ‘सोचे झैँ कोरोना रहेनछ’

Friday, October 30, 2020 National Power


किरण प्रसाद अधिकारी/ बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले नेपाललाई पनि अछुतो राखेन। यो भाईरसको आतङ्कले सबै आक्रान्त छन। कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गर्यो। हामि फ्रन्टलाईनमा काम गर्ने मान्छे भएपनि बचेर काम गर्दै गईयो। निरन्तर बचेर काम गर्दा गर्दै पनि कोभिड १९ बाट म अछुतो रहन सकिन। अहिले म घरमा नै होम आईसोलेसनमा छु।

लकडाउनको बिचमा पनि हल्का फ़ुल्का बिरामी नपरेको हैन तर पनि निको भए। लकडाउन र कोरोना भाईरसले गर्दा सबै काम ठप्प भएपछी अति नै गाह्रो अवस्था सिर्जना भयो। कतैबाट केहि गर्न सक्ने स्थिति भयो। तर पनि हैन गर्नु पर्छ भनेर आटियो तर सकिएन। कोरोना भाइरसले नेपालमा अति नै जरा फैलाईसकेको थियो। यहि बिचमा म केहि दिन सबैबाट सम्पर्क बाहिर बस्छु भनेर केहि सम्पर्क बिहिन भए। केहि दिन पछि घर आए। सबै रामरै चल्दै थियो। एक्कासि बिरामी भए।

बिरामी हुनु र आफुलाई आशंका

असोजको २५ गते देखि रुघाखोकीको संकेत गर्यो। सामान्य रुघाखोकी हो। समय पनि यस्तै छ भनेर तातो पानि पिएर बसे। बिस्तारै रुघाखोकीले गाल्दै गएको अनुभब भयो। जरो पनि आउन थाल्यो। असोज २७ गतेदेखि जरोले सुतायो। लगभग तिन दिन जरो १०३ भन्दा माथि आयो। त्यस भन्दा अगाडी असोजको २० गतेदेखि नै जिउ दुख्ने ,अल्छी लाग्ने भएपनि यो भाईरलले गर्दा हो भनेर वास्ता गरिन। तर अर्को कुरा म त्यहि दिन देखि साथीभाई ,आफन्त र घरमा पनि आफै टाढा हुन थालेको थिए।घरमा सबैले केहि हुन्न भनेर हौसला प्राप्त नभएको हैन तर पनि आफु नै सेभ हुनुपर्छ भनेर दुरी कायम गरे। घरबाट सकेसम्म बाहिर निस्किन। आफु सेभ हुने पर्यो।

मलाई डर पनि नभाको हैन दुईचोटी अप्रेसन गरेको मान्छे कोरोना भयो भने अवस्था के होला भनेर तर पनि हिम्मत गर केटा भन्ने हुन्थ्यो। कार्तिक को दुई गते देखि जरो आउने ,ज्यान पिडा नै हुने गरि दुख्ने ,टाउको र आखाको भाग दुख्न थाल्यो यति सम्म भयो कि रुन पर्ने नै बनायो। खानाको स्वाद नै हरायो। जे खादा र जति मिठो चिज खादा पनि स्वाद हराउन थाल्यो। खाना खान बस्यो मिठो भएन भनेर खुर्सानी टोक्यो त्यसको स्वाद हराउन थाल्यो। अब भने म भित्रि रुपमा मलाई कोरोना भएको निस्कर्षमा पुगे। तर पनि जाच्न गएको थिएन। जरो तिन दिन पछि हरायो तर पनि ज्यान दुख्ने ,टाउको दुख्ने अनि स्वाद नपाउने हुन नछोडे पछि स्वाब दिने भन्ने कुरा भयो। अब भने मनमा एक किसिमको डर पैदा भयो। म निस्कर्षमा पुगे मेरो दशैँ यो पालि राम्रो हुदैन। घरमा सबैले केहि हुन्न भनेर हौसला प्राप्त नभएको हैन तर पनि आफु नै सेभ हुनुपर्छ भनेर दुरी कायम गरे। घरबाट सकेसम्म बाहिर निस्किन। आफु सेभ हुने पर्यो। मलाई डर पनि नभाको हैन दुईचोटी अप्रेसन गरेको मान्छे कोरोना भयो भने अवस्था के होला भनेर तर पनि हिम्मत गर केटा भन्ने हुन्थ्यो। कार्तिक को दुई गते देखि जरो आउने ,ज्यान पिडा नै हुने गरि दुख्ने ,टाउको र आखाको भाग दुख्न थाल्यो यति सम्म भयो कि रुन पर्ने नै बनायो। खानाको स्वाद नै हरायो। जे खादा र जति मिठो चिज खादा पनि स्वाद हराउन थाल्यो। खाना खान बस्यो मिठो भएन भनेर खुर्सानी टोक्यो त्यसको स्वाद हराउन थाल्यो। अब भने म भित्रि रुपमा मलाई कोरोना भएको निस्कर्षमा पुगे। तर पनि जाच्न गएको थिएन। जरो तिन दिन पछि हरायो तर पनि ज्यान दुख्ने ,टाउको दुख्ने अनि स्वाद नपाउने हुन नछोडे पछि स्वाब दिने भन्ने कुरा भयो। अब भने मनमा एक किसिमको डर पैदा भयो। म निस्कर्षमा पुगे मेरो दशैँ यो पालि राम्रो हुदैन। नाजाचौ भने आफ्नो वडा र बिशेसगरि स्थानिय धेरै संक्रमणको शिकार भएको जानकारी पनि आएको थियो। जब छिमेकमा नै संक्रमण भएको कुरा आएपछि जाच्न पर्छ भनेर प्रक्रिया अगाडी बढाए। कोरोना फैलिरहेको अवास्थामा पनि केहि अस्पतालमा भर्ना समेत भएकोले पनि स्वाब दिनको लागि प्रेसर आयो।

कार्तिक ३ गते स्वाब दिएपछिको अनुभब

जब म जाच्न मानसिक रुपमा तयार भए मैले जिल्ला स्वास्थ्य कार्यलयको सुचना अधिकृत उत्तम खनाल ,बिदुर नगरपालिकाको जनस्वास्थ्य निरिक्षक दाजु रामराजा भण्डारी ,बिदुर नगरपालिका वडा नम्बर १ को अध्यक्ष लेनिन रंजित संग कुराकानी पश्चात म त्रिशुली अस्पताल गए। कार्तिक ३ गते सोमबार। अस्पताल गएर अस्पताल प्रमुख डा सुनिता केसी संग फोनमा कुरा गरेर म स्वाब दिनको लागि नाम लेखाएर बसे। तर त्यो दिन सम्म पनि मलाई हल्का जारी, स्वाद नहुने र आफ्नो नाक आफैलाई गनाउने पनि भएको थियो। स्वाब निकाल्न बस्दाको समय मनमा एक किसिमको डर हुने रहेछ। स्वाब निकाल्न शुरु भयो म नै पहिलो नम्बरमा परे। म स्वाब निकाल्ने क्रममा रहेको देखेपछि किरण तिम्रो पनि स्वाब निकाल्न लाको हों भन्ने आवाज आयो। आवाज चिने जिल्ला समन्वय समितिको संयोजक सन्तमान तामाङ्ग दाई हुनहुन्थ्यो। स्वाब निकाल्दा गाह्रो हुने रहेछ। नाक पोल्दो रहेछ। पिडा पनि हुने रहेछ हल्का। स्वाब दिए पछि मनमा झन् डर पैदा भयो। तिन दिन भित्र रिपोर्ट आउछ भन्ने थियो। रिपोर्ट आउने समय कुर्न अति नै गाह्रो भएको थियो। दशैँ पनि नजिक आएको कारण घरमा सबैलाई गाह्रो अवस्था भयो। जब मसंग एकैदिन स्वाब दिएका जिल्ला समन्वय समितिको संयोजक आदरणीय दाजु सन्तमान तामाङ्गको रिपोर्ट पोजेटिभ आएको सामाजिक संजाल मार्फत थाहा पाए अब भने झन् मनमा डर भयो। जब शुक्रबार कार्तिक ७ गते जिल्ला स्वास्थ्य कार्यालयमा फोन गरेर बुझ्दा पोजेटिभ आएको थाहा भयो। तर पनि अझै पत्यार लाग्दैन भने तपाईको युजर नेम र पासवर्ड यो हो आफै हेर्नुहोस भनेर भनेपछि आफैले हेरे पोजेटिभ नै रिपोर्ट देखेपछि एक छिन मन अति नै दुखि भयो। रुन पनि मन लायो। घरमा सबैलाई भनेर आफुलाई चाहिने सामान लिएर छुट्टै कोठामा एक्लै एकान्त बास बसे। मनमा अनेक कुरा खेल्न थाल्यो घरमा कसैलाई पनि मलाई जस्तो नहोस भनेर। दशैँ मेरो अब आईसोलेसनमा बित्ने भयो भनेर। आफु सुरक्षित हुदै घरमा सबैलाई सुरक्षित हुनु भनेर आईसोलेट भए।

रिपोर्ट पोजेटिभ र दैनिकी

रिपोर्ट पोजेटिभ आएपछि मलाइ आफु सुरक्षित भएर बसेपनि घरपरिवारमा केहि नहोस भन्ने चिन्ता थियो। सबैलाई अझै सुरक्षित हुन भने। दशैँ आईसकेको थियो। चाडबाडको समय आफुलाई मनमा नरमाईलो भएपनि घरमा देखाउन हुदैन भन्ने मनमा भएपनि नसकिने रहेछ। बाबुआमाले आफ्नो सन्तानको पिडा गुम्सेको भएपनि बुझ्न सक्ने रहेछन। पतिको र बाबु पिडा पत्नी र बच्चाहरुले बुझ्ने रहेछन। बाबु आमा ,पत्नी ,बच्चाहरु ,बाहिर रहेका बहिनीहरु ,ज्वाईले समेत मनमा हौसला नदिएको हैन तर पनि अरुबेला भए त्यति पिडा बोध हुदैन थियो होला चाडबाडको समय भएर होला अति नै पिडा बोध भएको छ र अझै पनि भईरहेको छ। पोजेटिभ रिपोर्ट आएपछि रुममा बसेर दैनिक रुपमा समाचार हेर्ने ,गीतहरु सुन्ने ,नया नया खोज गर्नेमा समय बित्दै छ। हेरौ अब एक हप्तामा रिचेक गर्दा के रिपोर्ट आउछ। अझै मनमा नरमाईलो लाग्दै छ। म भन्दा केहि दिन अगाडी पोजेटिभ भएर बसेका छिमेकी ,र साथि को सोमबार फेरी जाच्दा पनि पोजेटिभ आएपछि झन् डर लाइरहेको छ।

रिपोर्ट पोजेटिभ र सबैभन्दा पिडा बोध भएको समय

सबैको कुरामा पोजेटिभ आउदा राम्रो हुने। यो कुरामा नेगेटिभ आउदा राम्रो हुने। कस्तो समय आयो पोजेटिभ आउदा पनि मन खिन्न हुनुपर्ने। मन धेरै खिन्न पनि भयो। धेरै पिडा भयो। सबै भन्दा पिडा बोध सधै खाना खाने समयमा हुने रहेछ। कस्तो रोग आएको होला यो टाढा बाट थालमा खन्याउने ,छोईएला कि जस्तो हुनपर्ने। अर्कै ग्रहबाट आएको प्राणि हो कि जस्तो हुनुपर्ने। सार्है पिडा हुन्छ यो बेला। यहि समयमा आएको दशैँको टिकाको दिन घरमा नै भएर पनि बाबु आमाको हात आफ्नो निधारमा नपर्दाको समयको पिडा म यहा उल्लेख गर्न सक्दिन। अति नै पिडा भएको थियो। अर्को पिडा मेरो रिपोर्ट पोजेटिभ आएको भनेपछि टिका लाउने मान्छे कोहि पनि आएनन। रामचन्द्र कोइराला,शितल कोइराला ,हरिशरण प्याकुरेल दाजु बाहेक कोहि घरमा टिका लाउन नआउदा पिडा भयो। के कोरोना देख्ने बितिकै सर्छ ,अनि हावाबाट पनि सर्छ जस्ता प्रश्न मनमा उम्लिन थालेको छ। तर पनि समय यस्तै हो भनेर मन बुझाउन कोशिस गर्दै छु। बहिनि ज्वाई हरुलाई आफैले नआउनु भने किनकि टाढा देखि आउनु पर्ने र बच्चाहरु पनि भएका दिदि बहिनिलाई नआउनु नै भनेको छु।

कोरोना सामान्य हैन, बिचार गरौ ,हल्लाको पछाडी नलागौ

जति पछि हुदै गयो त्यति कोरोना केहि हैन। यो सामय रोग हो। केहि हुदैन भनेर अफबाह फैलाउने कोशिस भएका छन। कोरोना केहि होईन भनेर हल्ला गर्नेहरुलाई संक्रमण भएको हामि थाहा पाएका छौ। कोरोना संक्रमण नभएकोले जति हल्ला फैलाएका छन्। संक्रमित भएका हरु भन्छन यो सामान्य हैन। जसले यसको प्रतक्ष्य अनुभब नगरी कसैलाई थाहा हुन्न। कति पिडा हुन्छ भनेर। कसैले पनि घमण्ड नगरौ सजिलै जितिन्छ भनेर। ब्यालेन्स मिलाउन जाँदा सजिलो छ हैन भने गारो छ। अहिले अर्को हल्ला आएको छ। सिटि भ्यालु बढी भयो भने कोरोना चाडो ठिक हुन्छ र सर्दैन अनि सजिलो संग परास्त हुन्छ भनेर। तर यो पनि भ्रम भएको स्वास्थ्यकर्मी बताईरहेका छन् । ३९ सितिभ्यालु भएको अरु कुनै रोग नभएको मान्छे संक्रमणले मृत्यु भएको उदाहरण पनि छ। १७ सितिभ्यालु भएको मान्छेले सजिलै जितेको पनि छ। अर्को कुरा ३४ सितिभ्यालु भएको मान्छे बिदुर नगरपालिका भित्रकै मान्छे को ७२ दिन आईसोलेसन्मा बसेर पनि अझै पोजेटिभ आईरहेको छ। अब सामान्य ठान्ने कि जटिल तपाइको हातमा। मेरो अनुभबले कोरोना सामान्य हैन। अति पिडा गराउछ। मैले कामाना गरिरहेको मलाई लाग्यो तर मलाई मर्न आउने शत्रुलाई पनि नलागोस।

अन्तमा

रिपोर्ट पोजेटिभ आएपछि फोन गरेर तनाब नगर्नु ठिक हुन्छ। आतिनु पर्दैन भन्दै सम्झाउने जिल्ला स्वास्थ्य कार्यलयको सुचना अधिकृत दाजु उत्तम खनाल ,बिदुर नगरपालिकाको जनस्वास्थ्य निरिक्षक दाजु रामराजा भण्डारी ,दाजु शिब देबकोटा ,पत्रकार महासंघको अध्यक्ष कपिलदेव खनाल ,सचिब जगदीश खनाल ,भाई श्रीकृष्ण आचार्य ,जिल्ला समन्वय समितिको संयोजक दाजु सन्तमान तामाङ्ग ,प्रलाहद केसी ,राम ढकाल ,गीता अधिकारि ,कृष्णा आचार्य ,बहिनि अनिता ,ज्वाई पंकज ,बहिनि तिलु ,भान्जा बिनोद रिजाल ,वडा अध्यक्ष लेनिन रंजित ,दिनेश सिवाकोटी ,माधब खरेल लगायत सबैलाई हार्दिक धन्यबाद। तपाईहरुको हौसला र आशिर्बादले पक्कै छिटो भन्दा छिटो कोरोना जित्न सक्छु। दैनिक र आवस्यक समय स्वास्थ्य परामर्श दिने दाजु रामराजा भण्डारी प्रति नमन।