Monday 30th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

इतिहासमा आज – अन्तरिक्षमा पुुग्यो पहिलो मानवनिर्मित उपकरण

Sunday, October 4, 2020 National Power

काठमाडौं -आज ४ अक्टुबर । सन् १९५७ मा सोभियत युनियनको स्याटेलाइट प्रक्षेपण भयो, यो पृथ्वीको वायुमण्डलबाट बाहिर निस्कने पहिलो मानव निर्मित उपकरण थियो । यसले पृथ्वीलाई तीन सातासम्म परिक्रमा गरेर रेडियो सिग्नलमार्फत डाटाहरु पठाइरह्यो । अन्तर्राष्ट्रिय जियोफिजिकल इयर  अन्तर्गत अनुसन्धानका लागि भूउपग्रहलाई पृथ्वीबाहिर पठाउने प्रतिबद्धता त्यसअघि नै सोभियत युनियन र अमेरिकाले गरेका थिए, यी दुुबै देशबीच विज्ञान–प्रविधिमा ‘को अब्बल ? ’ भन्ने प्रतिस्पर्धा थियो । दुबै देशका आईजीवाई प्रतिनिधि वासिङटनस्थित रुसी दूतावासमा छलफलका लागि भेला भएका बेला स्पुतनिक भूउपग्रह अन्तरिक्षमा पुगेको समाचार बाहिरियो ।

अमेरिकी आईजीवाई कमिटीका अध्यक्ष डाक्टर जोसेफ काप्लानले रुसीहरुलाई यस स्मरणीय उपलब्धिका लागि बधाइ दिए । रुसी प्रतिनिधिमण्डलका नेता एए ब्लाग्अन्राभोभले स्पुतनिकलाई ‘बालक चन्द्रमाको सामान्य स्वरुप’ भने । केही अमेरिकी विज्ञहरु भने यस स्याटेलाईट परीक्षणलाई लिएर चिन्तित थिए । यस्तो स्याटेलाइट प्रक्षेपण गर्ने रकेटले हजारौँ माइल्ससम्म आणविक हतियार पठाउने क्षमता समेत राख्छ भन्ने भय उनीहरुलाई थियो । सोभियत युनियनले कसरी पहिले स्याटेलाइट परीक्षण ग(यो भन्ने विषयमा अमेरिकीहरुबीच ठूलो छलफल पनि भयो । विज्ञान क्षेत्रमा सोभियतले हासिल गरेको उपलब्धि देखेर अमेरिका मात्रै नभइ पुरै विश्व नै चकित भएको थियो । तर, डाक्टर ब्लाग्अन्राभोभले सोभियतको अन्तरिक्ष कार्यक्रमबाट कोही तसर्नुपर्ने आवश्यकता नरहेको बताए ।

रुसले सन् १९५७ नोभेम्बरमा फेरि अर्को भूउपग्रह ‘स्पुुटनिक दोस्रो’ अन्तरिक्षमा पठायो । यसमा लाइका नामक एक कुकुर पनि थियो । त्यसैले अन्तरिक्षमा पाइला राख्ने पहिलो प्राणी लाईका नै हो । मानिसलाई अन्तरिक्षमा पठाउन सकिने विषयमा सम्भाव्यता अध्ययन गर्न यस्तो काम गरिएको थियो । सोभियत अधिकारीहरुले एक सातासम्मको परिक्रमापछि पिडा बिना नै उक्त कुकुरको मृत्यु भएको दाबी गरेपनि सन् २००२ मा सार्वजनिक नयाँ तथ्यले अति तातो अवस्था तथा अन्तरिक्षमा पुगेको केही घण्टाभित्रै दुखाइ सुरु भएका कारण यो कुकुर मरेको खुलासा गरेको थियो ।

सोभियतले लोभलाग्दा उपलब्धि हासिल गरिरहेका बेला अमेरिकाको भने एकपछि अर्को प्रयास असफल हुँदै थियो । डिसेम्बर १९५७ मा अमेरिकाले अन्तरिक्षमा पठाउन खोजेको भूउपग्रह परीक्षणकै क्रममा पड्कियो । यद्यपी, दुई महिनापछि उसले आफ्नो पहिलो भूउपग्रह ‘एक्सप्लोरर’ सफलतापूर्वक परीक्षण ग-यो । तर, अन्तरिक्ष दौड जित्ने धोको पूरा भएन ।

सन् १९६१ मा सोभियत युनियन अन्तरिक्षमा पहिलो मानव पठाउन सफल भयो । अन्तरिक्षमा पुग्ने पहिलो मानिस वैज्ञानिक युरी गागारिन बने ।

अन्य घटनाक्रम

सन् १८२४– मेक्सिकोमा नयाँ संविधान लागु, देश संघीय गणतन्त्र बन्यो ।

सन् १८३९– नेदरल्यान्डबाट टुक्रिएर बेल्जियम साम्राज्य बन्यो ।

सन् १८८४– हिन्दी भाषाका प्रख्यात साहित्यकार रामचन्द्र शुक्लाको जन्म ।