Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

४९ वर्षमा पनि ग्ल्यामरस र फेसनेवल छिन् तब्बु

Saturday, October 3, 2020 National Power

एजेन्सी – दुई कुराले बलिउड अभिनेत्री तब्बुको प्रशंशा हुन्छ– जोडदार अभिनय अनि फेसनेवल लुक्स । तब्बुका फ्यानहरु उनको फरक फेसन सेन्सका पनि पारखी हुन् । अवार्ड कार्यक्रमदेखि अन्य समारोहहरुमा पनि तब्बुका स्टाइलिश र फेसनेवल लुक्सले धेरैको ध्यान आकर्षित गर्छ ।

४९ वर्षकी तब्बु परम्परागत कपडादेखि वेस्टर्न आउटफिटमा पनि उत्तिकै आकर्षक लाग्छिन् । त्यस्तै, उनी आफ्नो छालाको विशेष स्याहार गर्छिन् । माथिको तस्विरमा तब्बुले लाइट कलरको सर्ट ड्रेस लगाएको देखिन्छ, अफ सोल्डर सर्ट ड्रेसमा उनी निकै सुन्दर देखिन्छिन् । उनी लाइट मेकअप लगाउन रुचाउँछिन् । लाइट लिपिस्टिक र सिमरी आईस्याडो उनलाई सुहाउँछ । तपाई पनि यस्तै लुक्स बनाउन सक्नुहुन्छ ।

तब्बु सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छिन् । इन्स्टाग्राममा आफ्ना फेसनेबल फोटो र भिडियो शेयर गर्छिन् । सन् १९८५ मा देवानन्दको हम नौजवान नामक फिल्ममा बालकलाकारको भूमिका निभाउँदै बलिउड तब्बुले बलिउड यात्रा थालेकी थिइन् । मुख्य भूमिकामा उनले अभिनय गरेको पहिलो फिल्म १९९१ मा प्रदर्शित कुली नम्बर वान हो ।

बीबी नम्बर वान, हम साथ साथ हैं, विरासत, चाँदनी बार, मकबुल, द नेमसेक, चिनी कम, दृश्यम्, अन्धाधुनलगायत उनका हिट चलचित्र हुन् । उनले दुई राष्ट्रिय फिल्म अवार्डस्, ६ वटा फिल्मफेयर अवार्ड र किर्तिमानी रुपमा चारपटक फिल्मफेयर उत्कृष्ट अभिनेत्री ९क्रिटिक्स० अवार्ड जितेकी छिन् । २०११ मा भारत सरकारले उनलाई पद्म श्री अवार्डबाट विभूषित गरेको थियो ।