Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लाइब्रेरीमा लगेर देखाएका थिए आपत्तिजनक भिडियो, पायलको अनुराग कश्यपमाथि आरोप

Sunday, September 20, 2020 National Power

नायिका पायल घोषले निर्देशक अनुराग कश्पमाथि यौन शोषणको आरोप लगाएकी छिन् । ती आरोप आधारहीन भएको भन्दै अनुराग कश्यपले पनि जवाफ दिइसकेका छन् । अब यो मामिलामा पायलले विस्तृत जानकारी दिएकी छिन् । उनका अनुसार अनुरागले उनलाई लाइब्रेरीमा लगेर आपत्तिजनक भिडियो देखाउने गर्दथे ।

पायलले भारतीय मिडियासँगको कुराकानीमा सो कुरा जानकारी दिएकी हुन् । उनले आफूले सो कुरा मीटू अभियानका बेला पनि ट्वीटरमा लेखेका बताएकी छिन् । तर पछि उनले आफ्नो उक्त ट्वीट डिलिट गरेको पनि बताइन् । नायिकाले भनिन्, ‘हाल म आफ्नो परिवारको समर्थनको आशा गरिरहेकी छु । त्यसपछि म एजेन्सीलाई सम्पर्क गर्नेछु । यदि अनुरागले माफी मागेको भए, म उनलाई माफी दिन्थेँ । म इन्डष्ट्रिबाट पनि समर्थन होस् भन्ने चाहन्छु ।’

पायलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीट गरेर लेखेकी थिइन्, ‘अनुराग कश्यप निकै नराम्रो गरी मलाई दबाब दिए । नरेन्द्र मोदीजी कृपया एक्सन लिनुहोस् र यी सृजनात्मक व्यक्ति पछाडिको राक्षसलाई उदाङ्गो पारिदिनुहोस् । मलाई थाहा छ, यसले मलाई क्षती पुर्याउन सक्छ । मेरो सुरक्षा खतरामा छ । कृपया मद्दत गर्नुहोस् ।’