Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

साइबेरियामा विशाल भ्वाङ कसरी बन्यो

Monday, September 14, 2020 National Power

एजेन्सी-रुसी टिभीका केही व्यक्तिहरु साइबेरियन टुन्ड्राको भ्रमण गरिरहेका अवस्थामा उनीहरुले ठूलो भ्वाङ देखेका थिए । उक्त क्रेटर करिब १०० फिट गहिरो र २० मिटर गोलाई रहेको जनाइएको छ । यसको आकार र गहिराई हेरेर प्राकृतिक विपत्तिले निम्त्याएको बुझिएको छ । विज्ञहरुले उक्त भ्वाङको सही गहिराई मापन गर्ने सकेको छैन । सन् २०१३ देखि यस्तो प्रकारको भ्वाङ उक्त भूभागमा नवौँ पटक देखिएको जनाइएको छ ।

उत्तरपश्चिम साइबेरियाको यमल पेनिनसुलास्थित रहेको ग्यास र तेल खानी नजिक घटेको बेला अनुसन्धान गरिएको थियो । उक्त क्षेत्रमा अत्यधिक तापक्रम विज्ञहरुले विशाल भ्वाङ मिथेन ग्यासको कारण उत्पात्ति भएको जनाएका छन् । थप अनुसन्धान भएरहेको जनाइएको छ ।

अहिलेसम्म उक्त भ्वाङको उत्पत्ती कसरी भएको अन्योल छ । विज्ञहरु उक्त क्षेत्रको अवलोकन गर्न पुगेकाछन् । भ्वाङ निर्माण एकदिनमा नभइ वर्षै लागेकोमा विज्ञहरु विश्वस्त रहेका छन् । उक्त भ्वाङलाई वातावरण परिवर्तन संग पनि जोडिएको छ । यस विषयमा समेत थप अनुसन्धान भइरहेको छ ।