Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

रियामाथि अंकिताले उठाइन् प्रश्नः भनिन्, “मलाई सौता र विधवा भनियो” !

Thursday, September 10, 2020 National Power


एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग एंगल सार्वजनिक भएपछि मंगलबार एनसीबीले रिया चक्रवर्तीलाई पक्राउ गरेको छ । बुधबार बिहान उनलाई भायखला जेल पठाइयो । यसैबीच सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखंडेले ट्वीटरमा लामो मेसेज लेखेर रियामाथि प्रश्न उठाएकी छिन् ।

अंकिताले मेसेजमा लेखिन्, मलाई मिडियाले पटक–पटक सोध्छ कि तपाईंलाई यो हत्या जस्तो लाग्छ कि आत्महत्या ? त्यसैले म स्पष्ट पार्न भनिरहेकी छु कि मैले कहिले पनि यो हत्या हो वा यसका लागि कोही विशेष व्यक्ति जिम्मेवार छ भनेकी छैन । मैले सधैं मेरा दिवंगत साथी सुशान्त सिंह राजपूतका लागि न्यायको कुरा गरिरहेकी छु र म उनको परिवारको साथमा छु । अनुसन्धान एजेन्सीले यो तथ्यलाई बाहिर निकाल्नै पर्छ ।’

मलाई राज्य र केन्द्र सरकारमाथि विश्वास छ

अंकिताले लेखिन्, ‘महाराष्ट्रियन र भारतीय नागरिक भएको नाताले मलाई राज्य सरकार–प्रहरी र केन्द्र सरकारमाथि पूर्ण विश्वास छ । जब मेरा लागि सौता र विधवाजस्ता शब्दको प्रयोग गरियो, मैले कहिल्यै यसबारे जवाफ दिइनँ । म सन् २०१६ सम्मको सुशान्त र उनको मनोस्थितीबारे कुरा गर्नका लागि अगाडि आएकी हुँ ।’

सुशान्तको मानसिक स्वास्थ्यबारे थाहा थियो भने ..

अंकिता थप्छिन्, ‘डियर हेटर्स १ एक छिनलाई मनौं कि तपाईंलाई आफ्नो साथीबारे, उनको जीवनमा के चलिरहेको छ र उनको सम्बन्धमा के चलिरहेको छ भनेर सबै राम्रोसँग थाहा थियो भनेर सुन्दा खुसी लाग्यो । तपाईंहरु अन्त्यमा जाग्नुभयो, यो देखेर पनि राम्रो लाग्यो तर काश तपाईंलाई पहिला नै होश आएको भए र आफ्नो साथीलाई कुनै पनि प्रकारको ड्रग्स नलिन सल्लाह दिएको भए । उनीहरुलाई सुशान्तको मानसिक रोगबारे राम्रोसँग थाहा थियो किनभने उनीहरुले सार्वजनिक रुपमा नै उनलाई डिप्रेशनमा थियो भनेर बताइरहेका छन् ।’

‘डिप्रेशनमा भएका व्यक्तिलाई ड्रग्सको अनुमति दिनुहुन्छ ?’

अंकिताले सोधिन्, ‘के उनीहरुले एक डिप्रेस्ड व्यक्तिलाई ड्रग्सको सेवन गर्न अनुमति दिनुपर्छ ? उसलाई कसरी मद्दत होला ? उनको स्थिती यस्तो स्थानमा पुगेको थियो जसमा कोही व्यक्ति सुशान्तजस्तै हुने गर्छन् । उनी त्यतिबेला सुशान्तको सबैभन्दा नजिक थिइन् । एकातिर उनी भनिरहेकी थिइन् कि सुशान्तको उपचारका लागि उनले सबै डाक्टरसँग समन्वय गरिरहेकी थिइन् र अर्कोतर्फ उनी सुशान्तका लागि ड्रग्सका लागि पनि समन्वय गरिरहेकी थिइन् । ’

यसलाई लापरवाही र गैर जिम्मेवारीयुक्त व्यवहार भन्न मिल्दैन ?

नायिकाले भनिन्, ‘कसैले कसैलाई असाध्यै नै माया गर्छु भनेर दाबी गर्छ भने उनले त्यो व्यक्तिलाई ड्रग्स लिन भन्ला ? जबकि उनलाई अर्को व्यक्तिको मानसिक स्थितीबारे थाहा छ । के तपाईं यस्तो गर्नुहुन्छ ? कसैले यस्तो गर्ला भनेर मलाई त लाग्दैन । त्यसो भए यसलाई लापरवाही र गैर जिम्मेवारीयुक्त व्यवहार भन्न मिल्दैन ?’