Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

राजनीतिक विज्ञापन बन्द गर्ने फेसबुकको घोषणा

Friday, September 4, 2020 National Power

एजेन्सी-फेसबुकले अमेरिकाको राष्ट्रपतीय निर्वाचन सुरु हुनभन्दा एक साताअघि राजनीति विज्ञापनमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ३ नोभेम्बरमा अमेरिकामा चुनाव हुँदैछ । फेसबुकको घोषणाअनुसार निर्वाचन हुनभन्दा एक साताअघि पेश गरिएका राजनीतिक विज्ञापनमाथि मात्रै प्रतिबन्ध लाग्नेछ, २७ अक्टुुबरअघि पेश गरिएका विज्ञापनमा भने प्रतिबन्ध लागु हुनेछैन ।

अहिलेसम्म फेसबुकका सिइओ मार्क जुकेरवर्गले राजनीतिक विज्ञापनहरुलाई छुट दिदैं आएका छन् । जसकारण उम्मेदवारहरुले झुठ वा गलत सुचना फैलाउन पनि यसको प्रयोग गर्ने गरेका छन् । ट्वीटर र पिइन्ट्रेस्टजस्ता सामाजिक सञ्जालले भने यसअघि नै राजनीतिक विज्ञापनलाई आफ्नो सेवामा प्रतिबन्ध लगाएका छन् ।

फेसबुकले मानिसहरुलाई मतदान गर्नका लागि निरुत्साहित गर्ने खालका पोस्टहरुलाई समेत हटाउन सकिने जनाएको छ । मतदान केन्द्रमा जाँदा कोभिड–१९ लाग्नसक्छ भन्ने खालका पोस्टहरु हट्ने फेसबुकले जनाएको छ । कम्पनीका सिईओ जुकेरवर्गले कोरोना भाइरस महामारीलाई प्रयोग गरेर मतदानका लागि जनतालाई निरुत्साहित गर्ने खालका पोस्टलाई हटाइने जानकारी दिएका हुन् । निर्वाचन अधिकारीहरुमाथि हानी पु¥याउने वा हिंसा गर्ने अपिल गरिएका पोस्टहरुलाई रोक्नका लागि फेसबुकले आफ्नो नीति बिस्तार गर्ने पनि उनले बताए ।

‘मलाई विश्वास छ कि हाम्रो प्रजातन्त्र यस्ता चुनौतीसँग जुधेर स्वतन्त्र र निष्पक्ष निवार्चन गर्न समक्ष छ,’ जुकेरवर्गले आफ्नो फेसबुकर पोस्टमा लेखेका छन्, ‘हामीले विगतमा पनि विश्वव्यापी महामारीमा मत खसालेका थियौं । यसपटक पनि गर्नसक्छौं । तर यसका लागि राजनीतिक पार्टी र उम्मेदवार, निर्वाचन अधिकारी, सञ्चारमाध्यम र सामाजिक सञ्जाल तथा सबै भोटरहरु अर्थात् हामी सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ ।’