Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

एकपटक सडकमा आएर त हेर सरकार! भोक कस्तो हुन्छ ?

Thursday, September 3, 2020 National Power

लेखक – डा. डिआर उपाध्याय

खुलामञ्चभित्रको बसपार्क
छेउछाउमा उभिएका
भोका मान्छेहरू
सडकमा लस्करै थचक्क बसेका छन ।
सबैजसोको अनुहार उदास छ ।
थकित र भोकले गलेका छन ।
छेवैमा वीर अस्पतालको गेट छ ।
नजिकै त्यस्तै करिब दुई सय जना लस्करै
धुले भुइँमा थचक्क बसेका छन ।
निषेधाज्ञाका कारण
कामविहीन भएका
भोका मान्छेहरू
भोकभोकै परेका छन ।
सहर सुनसान छ ।
रत्नपार्कको छेउमा
निषेधाज्ञामा त्यतिका धेरै मान्छे
कुनै जुलुस वा धर्ना गर्न भेला भएका होइनन् ।
काठमाडौंका विभिन्न ठाउँबाट
प्रहरीको आँखा छल्दै उनीहरू भोक मेट्न आएका छन ।
टन्टलापुर घाम बिस्तारै ओइलाउँदै छ ।
तीन लहरमा बसेर खाना खाइरहेको
यो हूलभन्दा परतिर
अर्को त्यस्तै हूल जम्मा भइसकेको छ ।
कागजको प्लेट समातेर खानाको
प्रतीक्षामा बसेका भोका मान्छेहरू
गरिबीका कारणले अब कोही भोकै बस्नै पदैन,
भोकै मर्नुपर्दैन,
कसैलाई पनि भोकै मर्न दिइँदैन,
जाडोले कठ्यांग्रिएर कोही पनि मर्नुपर्दैन, भन्र्नेहरु हो ,
एकपटक सडकमा आएर त हेर ।
भोक कस्तो हुन्छ ?