Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

Thursday, September 3, 2020 National Power


काठमाडौँ – भारतले पब्जीसहित १ सय १८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ । लद्दाखमा केही दिनयता भारत र चीनबीच तनाव सुरु भएपछि भारतको सूचना तथा प्रविधि मन्त्रालयले थप एक सयभन्दा बढी एप्सहरुमाथि प्रतिबन्ध लगाएको हो ।

भारतले यसअघि जुनमा सुरक्षाको कारण देखाउँदै टिकटक,यूसी ब्राउजर,वी च्याट लगायत ५९ वटा मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको थियो ।
पूर्वी लद्दाखमा दुवै मुलुकबीच पुनःविवाद हुन थालेपछि भारतले डाटा सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाइएको भारतको सूचना तथा प्रविधि मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिबन्ध लगाइएका एप्सहरुले आफ्नो मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र भारतको सुरक्षामाथि खतरा भएको मन्त्रालयले जनाएको छ

मोबाइल फोन र मोबाइल एपको निकै ठूलो बजार मानिने भारतमा चिनियाँ फोन र एपहरुको प्रयोग निकै ठूलो मात्रामा हुने गरेको छ ।

मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै यिनलाई प्रतिबन्ध लगाउनु पर्ने बहस भारतमा चल्दै आएको छ ।