Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ट्वीटरमा कपीपेस्ट, लगाम लगाउन आयो यस्तो नियम

Wednesday, September 2, 2020 National Power

एजेन्सी  – माइक्रोब्लगिङ साइट ट्वीटरले कपीपेस्ट गरिएका ट्वीटलाई लुकाउने (हाइड) गर्ने निर्णय गरेको छ । यससँगै विभिन्न संस्थाहरुको प्रवर्द्धनका लागि काम गर्ने आईटी कम्पनीहरु समस्यामा पर्ने भएका छन् ।
यदि कोही व्यक्तिले कसैको ट्वीटलाई कपी पेस्ट गरेको छ वा एकै ट्वीट धेरै मानिसले गरेका छन् भने यस्तोमा मानिसहरुको टाइमलाइनबाट ट्वीट हाइड हुनसक्छ ।ट्वीटरले ट्वीट गरेरको यसको जानकारी दिएको छ । ट्वीटरका अनुसार पछिल्ला केही वर्षमा उसको प्लेफर्ममा कपी– पेस्टवाला ट्वीटको संख्या निकै बढेको छ । एकै ट्वीटलाई धेरै मानिसहरुले कपी गरेर ट्वीट गरिरहेका छन् ।
‘यस्तोमा हामी त्यस्ता ट्वीटको भिजिवलिटी कम गर्ने फैसला गरेका छौं ,’ ट्वीटरले भनेको छ । ट्वीटरले आफ्नो नयाँ नीतिमा ‘कपिपास्टा’ ट्वीटलाई पनि समावेश गरेको छ । अनलाईन दुनियाँमा डुप्लिकेट कन्टेन्टका लागि ‘कपिपास्टा’ प्रयोग हुने गरेको छ । ट्वीटरले यसबारे मोबाइल एपमा पनि एक फिचर जारी गरेको छ, जहाँबाट तपाईले आफ्नो ट्वीटलाई कपी गर्ने विकल्प बन्द गर्नसक्नुहुन्छ । त्यस्तै, कम्पनीले भर्खरै ‘रिट्वीट विथ कोट’ फिचर पनि जारी गरेको छ ।
कुनै अभियानका लागि प्राय ‘कपिपास्टा’ प्रयोग हुन्छ । जसअन्तर्गत हजारौं एकाउन्टबाट उस्तै खाले ट्वीट गरिएको तपाईहरुले देख्नुभएको होला । ट्रेन्डिङ वा कुनै व्यक्ति र संस्थालाई निशानामा ल्याउनका लागि यस्तो गर्ने गरिएको छ । अधिकतम प्रयोग राजनीतिक प्रोपोगान्डा फैलाउनका लागि हुँदै आएको छ ।
कपीपेस्ट ट्वीटको खराबी यो छ कि यसका कारण ओरिजिल कन्टेन्ट पनि सम्बन्धित व्यक्तित्वको स्वामित्वमा रहँदैन । मानिसहरुले कपीपेस्ट गरेर आफ्नो नामबाट ट्वीट गर्ने गरेका छन् । यस्तोमा वास्तविक कन्टेन्ट क्रियटरलाई कम र कपीपेस्ट गर्नेलाई धेरै फाइदा हुन्छ ।