Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

फिल्म प्राविधिकको दाबीः ड्रग्सको लतमा छ बलिउड, नशा बिना थुप्रैले गर्न सक्दैनन् अभिनय

Tuesday, September 1, 2020 National Power

काठमाडौं – सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सिबिआईको समूहले अनुसन्धान गरिरहेको छ र हरेक सम्भावनालाई केलाइरहेको छ । उता, यो मामिलाका मुख्य आरोपी रिया चक्रवर्तीको ड्रग्स च्याट सार्वजनिक भएपछि यो मामिलाा एनसीबीले पनि आफ्नो अनुसन्धान थालेको छ । यस्तै रियाले अन्तरवार्ताको क्रममा सुशान्तले लागुऔषध लिने गरेको बताएकी थिइन् । बलिउड र ड्रग कनेक्सनको विषयमा भारतीय च्यानल टाइम्स नाउले एक फिल्म टेक्निसियन ९प्राविधिक० सँग कुरा गर्दा उनले कलाकारले ड्रग्सबिना अभिनय गर्न नसक्ने दाबी गरेका छन् ।

ड्रग्स बिना निस्कँदैन जीवन्त अभिनयः

प्राविधिकले भने, ‘ड्रग्स बलिउडमा निकै मामुली चीज हो अर्थात् सानाभन्दा साना कलाकार हुन् वा ठूला नाम कहलिएका, लगभग सबैजसो कलाकार यसको लतमा फसेका हुन्छन् । उनीहरु भ्यानिटी भ्यानमा ड्रग्स लिन्छन् र पार्टीमा पनि लिन्छन् । उनीहरुले ड्रग्स कुनै न कुनै माध्यमबाट पाएकै हुन्छन् । म यो क्षेत्रमा भएकमो १२ देखि १५ वर्ष बितिसकेको छ र यो अवधिमा मैले थाहा पाएँ कि सानो हुन् वा ठूला, कलाकारले जबसम्म लागुऔषध लिँदैनन् तबसम्म उनीहरु भित्रको अभिनय निस्कन पाउँदैन । ड्रग्स नखाई अभिनय गर्ने कलाकार निकै कम छन् । यत्तिका वर्षसम्म मैले देख्दै आएको छु, उनीहरुले ड्रग्स नलिएसम्म उनीहरुको वास्तविक अभिनय निस्कनै पाउँदैन । यसको बिना कलाकारले अभिनय गर्नु भनेको असम्भव जस्तै हो ।’

बलिउडमा निकै सजिलै पाइन्छ लागुऔषधः

ती प्राविधिकले थपे, ‘ठूला कलाकारको भिन्न प्रकारको ड्रग्स हुन्छ र साधारण कलाकारको भिन्न हुन्छ । साना कलाकारले गाँजा वा चरेस हुन्छन् । नशा बिना यहाँ केही पनि हुँदैन । आजसम्म मैले जतिपनि राम्रा कलाकार देखेको छु उनीहरु ड्रग्स वा नशा बिना अभिनय गर्न सक्दैनन् । पुराना कलाकारले जसरी अभिनय गर्दथे त्यस्तो अभिनय त आजकालका कलाकारले नशा बिना गर्न सक्दैनन् । १८–२० घण्टासम्म सुट गर्दा र धेरै प्रोजेक्ट लिँदा थाक्ने भएकोले पनि यस्तो गरेका होलान् । ड्रग्स भारतमा प्रतिबन्ध छ तर भेट्नु ठूलो कुरा हो तर केही ड्रग्स त बलिउडमा निकै सजिलै पाइने गर्छ ।’