काठमाडौं – सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सिबिआईको समूहले अनुसन्धान गरिरहेको छ र हरेक सम्भावनालाई केलाइरहेको छ । उता, यो मामिलाका मुख्य आरोपी रिया चक्रवर्तीको ड्रग्स च्याट सार्वजनिक भएपछि यो मामिलाा एनसीबीले पनि आफ्नो अनुसन्धान थालेको छ । यस्तै रियाले अन्तरवार्ताको क्रममा सुशान्तले लागुऔषध लिने गरेको बताएकी थिइन् । बलिउड र ड्रग कनेक्सनको विषयमा भारतीय च्यानल टाइम्स नाउले एक फिल्म टेक्निसियन ९प्राविधिक० सँग कुरा गर्दा उनले कलाकारले ड्रग्सबिना अभिनय गर्न नसक्ने दाबी गरेका छन् ।
ड्रग्स बिना निस्कँदैन जीवन्त अभिनयः
प्राविधिकले भने, ‘ड्रग्स बलिउडमा निकै मामुली चीज हो अर्थात् सानाभन्दा साना कलाकार हुन् वा ठूला नाम कहलिएका, लगभग सबैजसो कलाकार यसको लतमा फसेका हुन्छन् । उनीहरु भ्यानिटी भ्यानमा ड्रग्स लिन्छन् र पार्टीमा पनि लिन्छन् । उनीहरुले ड्रग्स कुनै न कुनै माध्यमबाट पाएकै हुन्छन् । म यो क्षेत्रमा भएकमो १२ देखि १५ वर्ष बितिसकेको छ र यो अवधिमा मैले थाहा पाएँ कि सानो हुन् वा ठूला, कलाकारले जबसम्म लागुऔषध लिँदैनन् तबसम्म उनीहरु भित्रको अभिनय निस्कन पाउँदैन । ड्रग्स नखाई अभिनय गर्ने कलाकार निकै कम छन् । यत्तिका वर्षसम्म मैले देख्दै आएको छु, उनीहरुले ड्रग्स नलिएसम्म उनीहरुको वास्तविक अभिनय निस्कनै पाउँदैन । यसको बिना कलाकारले अभिनय गर्नु भनेको असम्भव जस्तै हो ।’
बलिउडमा निकै सजिलै पाइन्छ लागुऔषधः
ती प्राविधिकले थपे, ‘ठूला कलाकारको भिन्न प्रकारको ड्रग्स हुन्छ र साधारण कलाकारको भिन्न हुन्छ । साना कलाकारले गाँजा वा चरेस हुन्छन् । नशा बिना यहाँ केही पनि हुँदैन । आजसम्म मैले जतिपनि राम्रा कलाकार देखेको छु उनीहरु ड्रग्स वा नशा बिना अभिनय गर्न सक्दैनन् । पुराना कलाकारले जसरी अभिनय गर्दथे त्यस्तो अभिनय त आजकालका कलाकारले नशा बिना गर्न सक्दैनन् । १८–२० घण्टासम्म सुट गर्दा र धेरै प्रोजेक्ट लिँदा थाक्ने भएकोले पनि यस्तो गरेका होलान् । ड्रग्स भारतमा प्रतिबन्ध छ तर भेट्नु ठूलो कुरा हो तर केही ड्रग्स त बलिउडमा निकै सजिलै पाइने गर्छ ।’