Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गायिका लेडी गागाको मास्कले सबैको ध्यान खिच्यो, आर्टिस्ट अफ द इयरसहित पाँच अवार्ड जितिन्

Tuesday, September 1, 2020 National Power

काठमाडौं – सन् २०२० को एमटीभी भिडियो म्युजिक अवार्ड ९भीएमए० मा लेडी गागा सर्वाधिक बिजेता बनेकी छिन् । लेडी गागाले कूल पाँच अवार्ड पाएकी छिन् जसमा आर्टिस्ट अफ द इयर पनि समावेश थियो । क्रोमेटिका गायिका लेडी गागाले आफ्ना प्रस्तुतीका साथै आफ्नो स्टेटमेन्ट फेसमास्कले सबैको ध्यान खिच्न सफल भइन् । स्मरण रहोस्, कोरोना भाइरस महामारीको समयमा मास्क न्यू नर्मलको हिस्सा बनेको छ ।

लेडी गागाका पाँच लुकः

गागाले आफ्नो प्रस्तुतीको क्रममा पाँच भिन्न–भिन्न फेसमास्क लगाइन् । जसमा सिल्भर आउटफिटसँग पारदर्शी फिस बाउल फेस शिल्ड लगाइन् । अर्को मास्क ग्रिल्ससहित थियो जसमा आई गगल्स पनि थिए । यीमध्ये तेस्रो इलेक्ट्रिक फेस मास्क पनि समावेश थियो । अन्त्यमा उनले यस्तो मास्क लगाइन् जसमा ठूला सिङ थिए ।

यी रहे भिएमएका बिजेताः

भिडियो अफ द इयरः ब्लाइन्ड्रि लाइट्स

आर्टिस्ट अफ द इयरः लेडी गागा

सङ्ग अफ द इयरः रेन अन मी (लेडी गागा–एरियाना ग्रान्डे)

बेस्ट कोल्याबोरेशनः रेन अन मी (लेडी गागा–एरियाना ग्रान्डे)

बेस्ट आर एन्ड बीः ब्लाइन्डिङ लाइट्स