Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

गायिका लेडी गागाको मास्कले सबैको ध्यान खिच्यो, आर्टिस्ट अफ द इयरसहित पाँच अवार्ड जितिन्

Tuesday, September 1, 2020 National Power

काठमाडौं – सन् २०२० को एमटीभी भिडियो म्युजिक अवार्ड ९भीएमए० मा लेडी गागा सर्वाधिक बिजेता बनेकी छिन् । लेडी गागाले कूल पाँच अवार्ड पाएकी छिन् जसमा आर्टिस्ट अफ द इयर पनि समावेश थियो । क्रोमेटिका गायिका लेडी गागाले आफ्ना प्रस्तुतीका साथै आफ्नो स्टेटमेन्ट फेसमास्कले सबैको ध्यान खिच्न सफल भइन् । स्मरण रहोस्, कोरोना भाइरस महामारीको समयमा मास्क न्यू नर्मलको हिस्सा बनेको छ ।

लेडी गागाका पाँच लुकः

गागाले आफ्नो प्रस्तुतीको क्रममा पाँच भिन्न–भिन्न फेसमास्क लगाइन् । जसमा सिल्भर आउटफिटसँग पारदर्शी फिस बाउल फेस शिल्ड लगाइन् । अर्को मास्क ग्रिल्ससहित थियो जसमा आई गगल्स पनि थिए । यीमध्ये तेस्रो इलेक्ट्रिक फेस मास्क पनि समावेश थियो । अन्त्यमा उनले यस्तो मास्क लगाइन् जसमा ठूला सिङ थिए ।

यी रहे भिएमएका बिजेताः

भिडियो अफ द इयरः ब्लाइन्ड्रि लाइट्स

आर्टिस्ट अफ द इयरः लेडी गागा

सङ्ग अफ द इयरः रेन अन मी (लेडी गागा–एरियाना ग्रान्डे)

बेस्ट कोल्याबोरेशनः रेन अन मी (लेडी गागा–एरियाना ग्रान्डे)

बेस्ट आर एन्ड बीः ब्लाइन्डिङ लाइट्स