काठमाण्डौ- जेठ ७ गते नेपाली जनता र नेपालका लागि खुशीयालीको दिन थियो जव सरकारले नेपालको नक्शामा नेपाल ले करिव ६ दशक देखी गुमाउदै आएको नेपाली भुमि कालापानी लिपुलेक लिम्पियाधुरा र त्यस भित्रका नाभि कुटी गुञ्जी लगायतका गाउहरुलाई समेटेर नयाँ नक्शा जारी गर्यो । लाग्थ्यो साच्चिकै नेकपा सरकारले जतिसुकै कमीकमजोरी गरेपनि सत्ता र शक्तिको लडाईनै गरे पनि देश भक्तनै रहेछ । देशको माटोको लागी मरिमेट्ने नै रहेछ । नयाँ नक्शा जारी हुने वित्तिकै सामाजिक सञ्जालमा बधाई र प्रशंसाको ओईरो लाग्यो । नेकपा सरकार जताततै लोकप्रिय भयो साथमा जोडिएका अन्य प्रीतपक्षका नेता तथा कार्यकर्ताहरुले पनि सरकारलाई साथ र सहयोग गरेकामा निकै प्रशंसा पाए । देश विदेशबाट नेपालीहरुको स्यावासीको ओईरो लाग्यो । लाग्थ्यो वली सरकारले अव यस्तै कामहरु गर्दै गयो भने नेपालमा दशकौ सम्म एकलौटी शाशन गर्न सक्छ । राम्रो काम गर्यो भने रोक्ने पो कसले ? देश र देशबासीको शुरक्षा र हितमा काम गर्ने शक्तीले नै विजय हासिल गर्ने हो ।
नेकपाले पनि अव त्यो विजय हाशिल गरिसकेको थियो । उसका कालकर्तुतहरु हत्या हिंसा चोरी डकैती घुसखोरी भ्रष्टाचारी काण्डै काण्ड र अभियोग माहाअभियोगहरुलाई नेपाली जनताले एक चुट्कीमा विर्सेर स्यावासी दिन भ्याए, नक्शा जारी गरेकै भरमा । त्यहि माहाकाली संन्धिमा तिनै अहिलेका शक्तिहरुको पनि सहभागित थियो त्यो पनि भुले नेपाली जनताले । सायद बाटो विराएको थियो अव सहि दिशामा आयो नेकपा अव देश बन्न समय लाग्दैन अव गरिवी हटाउन र देशको भविष्य निर्माण गर्नमा समय लाग्दैन अव नेपाली जनताका शुखका दिनहरु आए भन्दै चोक चोक र गल्लीहरुमा नेकपाका गुण गानहरु गाउदै गरेका सुनिए । शन्तुलन शक्ति देश हाक्ने भयो भने र जनता साथमा भयो भने जस्तो सुकै युद्ध पनि लड्न सकिन्छ ।
शन्तुलन शक्तिको आभाष भै पनि सकेको थियो । नेपाली काँग्रसले प्रतिपक्षको भुमिकामा निकै समझदारीले साथ पनि दिएको थियो । अव भारतले दशकौ देखी भोग गर्दै आएको नेपाली माटोले न्याय पाउने पक्का भयो भन्दै जनताहरुमा खुशीका आसुहरु चुहिएका थिए । काठमाण्डौको नेवार जसले उपत्यका बाहिर पनि नेपाल छ र ? भन्ने प्रश्न गथ्यो त्यसले समेत हाम्रो माटो भन्दै देशप्रति माया देखाएको सुनिन्थ्यो । अघि पछि फलानो जाती फलानो भाषा फलानो संस्कृति भन्नेहरु र समाज भड्काउन खोज्नेहरु समेत पहिला हामी नेपाली हौं भन्न थाली सकेका थिए । सदियौ पुरानो एकता बलियो बन्न ईक इटा थपिएको थियो ।
उखानै हाले पनी उखाने सरकार सकारात्म दिशामा लाग्यो भन्दै देशका विभिन्न भागहरुमा नक्शा जारीको स्वागत गर्दै दिपावली मनाए । सधै जनताको गालि खाने काग्रेसका नेता तथा पुर्व सञ्चारमन्त्री मिनेन्द्र रिजाले भारतीय मिडियामा दिएको एक अन्तवार्ताले सुपरहिट बनायोर नेपाली हरुको लोकप्रियता कमाए । मधेशी नेताहरु जसलाई भारतीय ईशारामा देशहाक्न खोज्ने आरोप लाग्दै आएको थियो राजेन्द्र महतो र उपेन्द्र यादवको एक भाषणले राष्ट्रबादी नेताको उचाईमा पुर्यायो । नेपालले दावी गरेका भुमिहरु नेपालका होईनन् भारतीय भुमिलाई समेट्न पाईदैन भन्दै संसदमा वितण्डा मच्चाउने समाजवादी पार्टीकी सांसद सरीता गीरीलाई देश विखण्डनकारी भारतीय दलालको आरोप लाग्दै पार्टी र सांसद पदवाट निश्काशन गरियो न्याय माग्न अदालतको ढोकामा पुगिन । यस घटनाबाट कुनै वेला नेपाली जनताको प्रिय मन्त्रीका रुपमा प्रशंसा कमाएका पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि अछुतो रहन सकेनन् ।
रेडियो नेपालमा अन्तवार्तामा प्रधानमन्त्री वलीको मानहानी गरेको भन्दै विवादमा मुछिए यसै काण्डबाट रेडियो नेपालका कार्यकारी शुरेश कुमार कार्काको राजिनामा सरकारले माग्यो र राजिनामा नगरे कार्वाही गर्ने धम्की आए पछि उनि स्वस्फुर्त रुपमा राजीनामा दिएर बाहिरिए । भट्टराईलाई सरीता गीरी झै भारतीय पक्षमा बोलेको आरोप लाग्दै नेपाली जनताबाट निकै गाली गलौजको वर्षा नै भयो । नक्शाको पक्षमा राष्ट्रबादीहरु मात्रै उभिन्छन् भारतिया एजेन्टहरु विरोध गर्दछन् भन्दै नानाथरी टिका टिप्पणीहरु पनि नभएका होईनन् । यी यावत कुराहरुका विच नेकपा सरकारले कडा कदम चालेर ल्याएको नक्शा एउटा सफलता हो ।
तर दिनहरु वित्दै गएका छन् । नक्शा काण्ड विस्तारै सेलाउदै गएको छ । कुरो आन्तिरिक किचलोमा उल्झिएको छ । नक्शा ल्याउने वित्तिकै सरकार भित्र फुटाउ र राज गर अभियान सुरु भएको छ । भारतले जसरी भए पनि दवाउने र चेप्ने रणनिती लिएको छ । पटक पटक परराष्ट्र मन्त्रालयबाट गएको चिठिको कुनै जवाफ नदिनु र नेपाल सरकारले गरेका निर्णयको कुनै मतलव नगर्नु भनेको बाघ र हरिणको खेल सम्झेको छ । नेपालका लागी आफु बाघ भएको र बाधका अगाडी हरिणको केही नलाग्ने उसले सोचेको छ । सरकारको निर्णयको प्रतिकृया नदिनुर पटक पटक वार्ताका माध्यबाट अगाडी बर्ढा भन्दा पनि वास्ता नगर्नु भनेको नेपालको राष्ट्रियताको अपमान गर्नु हो । यो विषय प्रति नेकपा गम्भिर किन भएन ? अहिले दुई अध्यक्ष एकाको थुतुनो एकातिर अर्काको अर्कातिर किन भयो के यहि गरौला भनेर हिजो एककिृत भएका थियौ र ? होईन भने आफ्नो बाचा परा गर ।
नक्शा जारी हुने वित्तिकै सत्ता किन हल्लियो को को दलालहरु घुसेका छन् भित्र ? किन छान्न सक्दैन नेकपाले ? आफुसंग प्रयाप्त प्रमाणकै आधारमा नक्शा छापेको नेपालले किन प्रमाणहरुलाई अन्तराष्ट्रियकरण गर्न सक्दैन किन अन्तराष्ट्रिय अदालत जान सक्दैन केले खुट्टा बाँधेको छ ? आफ्नो स्वतन्त्रताका लागि अन्तराष्ट्रिय अदालत जानै नसकिने के कस्ता सन्धि सम्झौता गरेका छन् ? कोको जिम्मेवार छन् ? कुनै व्यक्ति र सक्तिले गरेका सम्झौता भविष्यमा हित विपरित भएमा जुन सुकै वेला खारेज गर्न सकिन्छ । आफुसंग पर्याप्त आधारहरु भएर पनि खुट्टा कमाउनु भनेको निरिहपन हो । देश भक्तिको विगुल फुके र अहिले त्यो विषयबाट पन्छिए वा लुके खै सेलायो । आन्तरिक खिचातानी र ठासठुस भन्दा केही भएको छैन एकातिर कोरोना कहरले जनताको दयनिय खस्कीदै गएको छ । सरकारले भनेका र बाचा गरेका कामहरु केही पनि गर्न सकेको छैन ।
नक्शालाई झोल बनाए खानुभएन दराजमा थुपारेर सजाए राखेर के गर्नु जुन भुमिलाई सम्झिदै रात दिन कट्छ त्यो भुमिमा नेपालीले अहिले पाईला टेक्न समेत भारतले रोक लगाएका छ । दार्चुल्ला जिल्ला प्रशासनलाई औपचारिक चिठिनै काटेर रोक लगाएका छ । जुन भुमिमा गएर २०१८ सालको जनगणनामा गणना गरेर ल्याउने व्यक्ति बरिष्ठ लेखक तथा बरिष्ठ पत्रकार भैरव रिसाल जिवितै हुनुुहुन्छ । यसरी जवरजस्ती अतिक्रमण गरेर नेपाली लाई टेक्नै रोक लागएको छ । सेना हटाएर लिम्पिया धुराको चुचुरोमा त्रिदेशीय पिल्लर किन गाड्न सक्दैन नेपालले ? के घर भित्रको मात्रै सेर घर बाहिरको विरालो हो र नेकपा सरकार ?
होईन भने आफ्नो सिमानामा सर्लक्क तारजाली किन लगाउदैन ? अँग्रेजहरु संगको युद्धमा त वालवालिका र महिला समेत हसिया हतौडा लिएर युद्ध गर्न हिडेका थिए । देशको सिमाना निर्माणमा सम्पुर्ण नेपालीहरु लाग्न् तयार छन् । वार्ताका माध्यमबाट सकिदैन भने यो विषयलाई अन्तराष्ट्रिकरण बनाउँ र आफ्नो भुमि क्लियर गरौँ । यो समस्या लिपुलेक लिम्पियाधुराको मात्रै छैन भारतले नेपालको दर्जनौँ ठाउँमा सिमा अतिक्रमण गरेको छ । सुस्ता क्षेत्रमा झण्डै १४५ वर्ग किलोमिटर क्षेत्रफल हराएको छ । त्यस क्षेत्रमा सधै तनाव हुने गरेको छ । सिमामा नेपालीमाथि ज्यादति पनि हुने गरेको छ । सिमा क्षेत्रका बासिन्दाले उपभोग गर्दै आएको जग्गा भारतले दावी गर्न थालेको छ । आफ्नै खेतको उपभोग गर्दा कञ्चनपुरका गोविन्द गौतमले सहादत प्राप्त गरे । कैयौ नेपालीहरु सिमानामा मारिने गरेका घटनाहरु छन् यी सबै सिमाना समस्या नसुल्झाउदाको परिणम हो ।
नेपालीको जमिनमाथि भारतीय रजाइ हुने गरेको छ ।
आफ्नो नाममा लालपुर्जा भएको जमिन पनि स्थानीयले उपभोग गर्न पाउँदैनन् । बैंक, वित्तिय संस्थामा धरौटी राखेर कारोबार गर्न पाउँदैनन् । सिमा क्षेत्रमा हुने ज्यादतिको पाटो फेरि अर्कै छ । भारतले आफू अनुकुल ठाउँमा नेपाली भूमि अतिक्रमण गरेको छ । सिमा क्षेत्रका बासिन्दा भारतीयको ज्यादति सहन बाध्य छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रमा भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि नेपाल सरकारले कडा कदम चाल्दै अगाडी बढ्नै पर्छ होईन भने हात्ति आयो हात्ति आयो फुस्सा हुने निस्चित छ ।
Kamala Joshi