Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

रातीको डिनरदेखि सुशान्तले बिहान जुस पिएकोसम्मः प्रत्यक्षदर्शीले सिबिआईलाई बताए पूरा कहानी

Sunday, August 30, 2020 National Power

काठमाडौं- मृत्युको केही घण्टा अघि सुशान्त सिंह राजपूतले खाना खान छोडिदिएका थिए, जूसमात्रै पिए र धेरै समय आफ्नो कोठामा नै बिताए । स्रोतका अनुसार यो कुरा प्रत्यक्षदर्शीले सिबिआईलाई आफ्नो सुरुवाती बयानमा बताए ।

१४ जूनमा सुशान्तको पश बान्द्रास्थित घरमा के भयो यसमा सोधपुछका लागि एजेन्सीले सुशान्तसँगै फ्ल्याटमा बस्ने सिद्धार्थ पिठानी र नायकका घरेलु सहयोगी निरज, केशव र दिपेश सावन्तसँग सोधपुछ गरेको छ । क्रियटिभ डिजाइनर सिद्धार्थ सुशान्तको साथीको नाताले फ्ल्याटमा नै बसिरहेका थिए । यी चारैजनालाई घटनाका मुख्य साक्षीको रुपमा हेरिएको छ । नायकका घरेलु सहयोगी निरजसँग आठ दिन, सिद्धार्थसँग सात दिन, हाउसकिपर दिपेशसँग पाँच दिन र कुक केशवसँग चार दिनदेखि सोधपुछ गरिरहेको छ ।

यदि सुशान्तको हत्या भएको हो भने यी चारजनालाई यसको जानकारी हुने र यदि यसलाई आत्महत्या देखाउने कोसिस भएको हो भने यीमध्ये कम्तीमा एक व्यक्ति त षड्यन्त्रमा समावेश हुनसक्ने वा यदि यो आत्महत्या हो भने उनीहरु यसको कारणबाट अवगत हुनसक्ने अनुमान गरिरहेको छ । यी चारैजना १३–१४ जूनमा त्यहाँ उपस्थित थिए जब सुशान्तलाई मृत पाइएको थियो ।

चिसो पानी मागेः

१४ जून बिहान निरज सुशान्तको कुकुरलाई घुमाउनका लागि गए र ८ बजे फर्किए । नायकले आफ्नो कोठाबाट चिसो पानी मागे । निरजले सुशान्तलाई चिसो पानी दिए । पानी दिँदा सुशान्तले निरजलाई मुस्कानसहित सोधे, ‘सबै कुरा ठिक छ नि ?’ साथै उनले हल सफा भयो भनेर पनि सोधे । निरजले ‘भयो’ भनेर जवाफ दिए । त्यसपछि सुशान्त फेरि कोठामा गए । निरजका अनुसार सुशान्तको स्वभाव राम्रो थियो र तनावमा हुँदा पनि आफ्नो रिस देखाउँदैनथे ।

स्रोतका अनुसार दिपेशले अनुसन्धानाकर्तालाई भने, ‘१३ जून राती सुशान्तले रातीको खाना खान मानेनन् र एउटा म्याङ्गो सेक बनाइदिन भने । दिपेश राती करिब साढे १० बजे सुत्न गए र १४ जून बिहान करिब साढे पाँच बजे उठे । लगभग साढे ६ बजे उनी सुशान्तको कोठामा गए र ढोका ढक्ढकाए जुन खुल्ला थियो ।’

दिपेश कोठामा जाँदा सुशान्त पहिले नै उठेर बेडमा बसिरहेका थिए । दिपेशले ‘गुड मर्निङ सर’ भने । सुशान्तले जवाफ फर्काए । दिपेशले सुशान्तलाई ‘चया वा ब्रेकफास्ट खानुहुन्छ ?’ भनेर सोध्दा उनले ‘अहिले पर्दैन’ भने । दिपेशले सिबिआईलाई दिएको जानकारीमा सुशान्तको व्यवहार असामान्य नदेखिएको बताए । सुशान्त आफ्नो कोठमा एक्लै थिए, पङ्खा चलिरहेको थियो र झ्यालका पर्दा खुल्ला थिए । सुशान्तका सहयोगीमध्ये दिपेश सबैभन्दा चाँडो उठ्छन् । निरज र केशव दुबै बिहान ७ बजे आसपास उठ्छन् ।