Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

कगंना रनौटद्वारा बलिउडमा जोडिएका धेरैजसो लागूऔषधको दलदलमा रहेको सनसनीपूर्ण खुलासा

Thursday, August 27, 2020 National Power

एजेन्सी- बलिउड स्टार कंगना रनौटले फेरि सनसनीपूर्ण खुलासा गरेकी छिन् । उनले यसपटक बलिउडमा जोडिएका ‘क श्रेणी’का व्यक्तिहरु लागूऔषधको दलदलमा परेको खुलासा गरेकी हुन् । रनौट आफैमाथि पनि बलिउडमा प्रवेश गरेको प्रारम्भिक समयहरुमा लागूऔषधको सेवन गराइएको खुलाइन् । आफू बलिउडमा सफल भएपछि लागूऔषधको दुनियाँबारे परिचित भएको बताइन् ।

एक ट्वीट गर्दै लागूऔषध नियन्त्रण ब्युरो बलिउडमा प्रवेश गरेमा धेरैजसो क श्रेणीकाहरु जेलभित्र पर्ने बताइन् । उनले बलिउडमा रगत चेकजाँच भएमा धेरै आश्चर्यचकित पार्ने खुलासाहरु हुने बताइन् । उनले लेखेकी छिन्, ‘आशा छ भारतको प्रधानमन्त्री कार्यालयले स्वच्छ भारत मिसन अन्तर्गत बुलिउडको फोहोर सफला गर्नेछ ।’

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या घटनापछि धेरै तथ्यहरु बाहिर आइरहँदा कंगनाको पछिल्लो भनाई सार्वजनिक भएको हो । उनले बलिउडमा हुनेगरेको यौन दुव्र्यवहार, शोषण र थिचोमिचोबारे सनसनीपूर्ण खुलासाहरु गर्दै आएकी छिन् ।