Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कगंना रनौटद्वारा बलिउडमा जोडिएका धेरैजसो लागूऔषधको दलदलमा रहेको सनसनीपूर्ण खुलासा

Thursday, August 27, 2020 National Power

एजेन्सी- बलिउड स्टार कंगना रनौटले फेरि सनसनीपूर्ण खुलासा गरेकी छिन् । उनले यसपटक बलिउडमा जोडिएका ‘क श्रेणी’का व्यक्तिहरु लागूऔषधको दलदलमा परेको खुलासा गरेकी हुन् । रनौट आफैमाथि पनि बलिउडमा प्रवेश गरेको प्रारम्भिक समयहरुमा लागूऔषधको सेवन गराइएको खुलाइन् । आफू बलिउडमा सफल भएपछि लागूऔषधको दुनियाँबारे परिचित भएको बताइन् ।

एक ट्वीट गर्दै लागूऔषध नियन्त्रण ब्युरो बलिउडमा प्रवेश गरेमा धेरैजसो क श्रेणीकाहरु जेलभित्र पर्ने बताइन् । उनले बलिउडमा रगत चेकजाँच भएमा धेरै आश्चर्यचकित पार्ने खुलासाहरु हुने बताइन् । उनले लेखेकी छिन्, ‘आशा छ भारतको प्रधानमन्त्री कार्यालयले स्वच्छ भारत मिसन अन्तर्गत बुलिउडको फोहोर सफला गर्नेछ ।’

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या घटनापछि धेरै तथ्यहरु बाहिर आइरहँदा कंगनाको पछिल्लो भनाई सार्वजनिक भएको हो । उनले बलिउडमा हुनेगरेको यौन दुव्र्यवहार, शोषण र थिचोमिचोबारे सनसनीपूर्ण खुलासाहरु गर्दै आएकी छिन् ।