Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

सनी देओलले सौतेनी आमा हेमा मालिनीलाई चक्कु प्रहार गरेको त्यो राज

Thursday, August 27, 2020 National Power

एजेन्सी- धर्मेन्द्र र हेमा मालिनीको जोडी बलिउडमा लोकप्रिय जोडीहरु मध्ये एकमा पर्छ । तर उनीहरुले विवाह गर्दा धर्मेन्द्र पहिल्यै विवाहित थिए । धर्मेन्द्रको पहिलो पत्नीको नाम प्रकाश कौर हो । धर्मेन्द्रका उनीतर्फबाट चार सन्तान छन् । सनी देओल, बाबी देओल र दुई छोरीहरु । धर्मेन्द्रले प्रकाश कौरसँग १९ वर्षको उमेरमा विवाह गरेका थिए ।

धर्मेन्द्रको हेमा मालिनीसँग चलेको अफेयर र हुन लागेको विवाहको बारेमा प्रकाश कौरलाई थाहा थियो र धर्मेन्द्रले सम्बन्ध बिच्छेद गर्न खोज्दा प्रकाशले अस्वीकार गरेकी थिइन् । त्यसपछि धर्मेन्द्रले मुस्लिम धर्म अनुसार हेमासँग १९७९ मा विवाह गरेका थिए । हेमातीर धर्मेन्द्रका दुूई छोरीहरु ईशा र आहाना छन् ।

धर्मेन्द्रले दोस्रो विवाह गर्ने फैसला पुरै परिवारमा चलेको थियो । ठुलो छोरा सनी देओल आक्रोसित भएर हेमा मालिनीलाई चक्कुले समेत हमला गरेर घाइते बनाएका थिए । तर पछि भने प्रकाश कौरले यी सबै कुरा गलत भएको बताएकी थिइन् ।

एक अन्र्तवार्तामा प्रकाश कौरले भनेकी थिइन्, ‘सबै बच्चालाई बाबाले आमालाई धेरै माया गरोस् भन्ने चाहन्छन् । तर यसको अर्थ अरु महिलाको हत्या गर्नु भनेको होइन् ।’ प्रकाश कौरले आफु पढे लेखेको नभएपनि मेरा बच्चाहरुको नजरमा सबैभन्दा सुन्दर महिला भएको बताएकी थिइन् । उनले बच्चाहरुलाई राम्रो सस्कार दिएकोले आफ्ना बच्चाहरुले कसैको हानी नोक्सानी पुर्याउन नसक्ने दाबी गरेकी थिइन् ।

सनी देओल र बबी देओलले कहिल्यै पनि आफ्नो सौतेनी आमा हेमा मालिनीको कारेमा कुनै कुरा गरेका छैनन् । सनी देओलसँग आफ्नो नातालाई लिएर हेमा मालिनी कयौपटक चुकिसकेकी छिन् । हेमा मालिनीले प्रकाशन गरेको किताब ‘बियोंड द ड्रिम गर्ल’मा आफु दुर्घटना पर्दा सनीले सबै भन्दा पहिला देखेर अस्पताल पुर्याएकोे किताबमा उल्लेख गरेकी छिन् ।