Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सुशान्त सिंहले किन भनेका थिए, ‘मलाई सलमान खानदेखि धेरै डर लाग्छ’

Thursday, August 27, 2020 National Power

एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि तस्वीर, भिडियो र समाचारहरु दिनहुँ आइरहेका छन् । सुशान्तको साथीहरुले उनलाई सम्झिरहेका छन् । उनीहरुले अरुलाई दोष लगाउदै आएका छन् ।

सुशान्तको साथीहरुको निशानामा स्टार किडहरु, आलिया भट्ट, वरुण भवन, रणबीर कपुर, सलमान खान पनि रहेका छन् । उनीहरुले स्टार किडको कारण सुशान्त प्रतिभाशाली हुनुको बाबजुद कामको मौका नमिलेको आरोप लगाएका छन् । स्टार किडका सन्तानहरुले अभिनय गरेको टिभी शो वा फिल्मलाई बहिस्कार गर्ने कुरा गरिरहेका छन् ।

सलमान खानलाइ लिएर पनि धेरै रिसाएका छन् । सलमानले अभिनय गरेको भोजपुरी गीतलाई पनि नराम्रो भनेका छन् । उनका बीइंग ह्युम्यान प्रोडक्टलाई पनि बहिस्कार गरिरहेका छन् । सामाजिक सञ्जालामा सलमान र सुशान्तको साथीहरुबीच जबरजस्त वार चलिरहेको छ । सलमान खानका साथीहरु आफैले लेखेका थिए, ‘सुशान्तको बारेमा नराम्रो नलेख र उनका साथीहरुसँग पनि विवाद नगर ।’

भर्खरै एक भिडियो भाइरल भएको छ जसमा सुशान्तले मलाई सलमान खानसँग धेरै डर लागिरहेको भनेका छन् । यो भिडियो कुनै कार्यक्रमको हो । कार्यक्रम संचालिकाले सुशान्तलाई भनेकी छिन् ।सलमानको बारेमा केही त भन्नुुस रु संचालिकाको जवाफमा सुशान्तले ‘स्टार’ भनेका छन् ।

कार्यक्रम संचालिकाले सलमान तपाइँको पछाडी छन् के सलमानसँग फ्रेम सेयर गर्न चाहानुहुन्छ भनेर प्रश्न गर्दा सुशान्तले हास्दै भनेका छन्, मलाई उनी देखि धेरै डर लाग्छ ।