Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

सुशान्त सिंहले किन भनेका थिए, ‘मलाई सलमान खानदेखि धेरै डर लाग्छ’

Thursday, August 27, 2020 National Power

एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि तस्वीर, भिडियो र समाचारहरु दिनहुँ आइरहेका छन् । सुशान्तको साथीहरुले उनलाई सम्झिरहेका छन् । उनीहरुले अरुलाई दोष लगाउदै आएका छन् ।

सुशान्तको साथीहरुको निशानामा स्टार किडहरु, आलिया भट्ट, वरुण भवन, रणबीर कपुर, सलमान खान पनि रहेका छन् । उनीहरुले स्टार किडको कारण सुशान्त प्रतिभाशाली हुनुको बाबजुद कामको मौका नमिलेको आरोप लगाएका छन् । स्टार किडका सन्तानहरुले अभिनय गरेको टिभी शो वा फिल्मलाई बहिस्कार गर्ने कुरा गरिरहेका छन् ।

सलमान खानलाइ लिएर पनि धेरै रिसाएका छन् । सलमानले अभिनय गरेको भोजपुरी गीतलाई पनि नराम्रो भनेका छन् । उनका बीइंग ह्युम्यान प्रोडक्टलाई पनि बहिस्कार गरिरहेका छन् । सामाजिक सञ्जालामा सलमान र सुशान्तको साथीहरुबीच जबरजस्त वार चलिरहेको छ । सलमान खानका साथीहरु आफैले लेखेका थिए, ‘सुशान्तको बारेमा नराम्रो नलेख र उनका साथीहरुसँग पनि विवाद नगर ।’

भर्खरै एक भिडियो भाइरल भएको छ जसमा सुशान्तले मलाई सलमान खानसँग धेरै डर लागिरहेको भनेका छन् । यो भिडियो कुनै कार्यक्रमको हो । कार्यक्रम संचालिकाले सुशान्तलाई भनेकी छिन् ।सलमानको बारेमा केही त भन्नुुस रु संचालिकाको जवाफमा सुशान्तले ‘स्टार’ भनेका छन् ।

कार्यक्रम संचालिकाले सलमान तपाइँको पछाडी छन् के सलमानसँग फ्रेम सेयर गर्न चाहानुहुन्छ भनेर प्रश्न गर्दा सुशान्तले हास्दै भनेका छन्, मलाई उनी देखि धेरै डर लाग्छ ।