Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

सैफ अली खानको आत्मवृत्तान्त आउँदै

Wednesday, August 26, 2020 National Power

काठमाडौं – फिल्म उद्योगमा दुई दशकभन्दा बढी समय बिताएपछि सैफ अली खान अर्को वर्ष आफ्नो आत्मवृत्तान्तलाई दर्शकमाझ पस्कनेछन् । यसका लागि उनले हार्पर कलिन्ससँग सम्झौता गरेका छन् । उक्त आत्मवृत्तान्तमा उनको फिल्म र नीजि जीवनबारे जानकारी हुने बताइएको छ । सैफले पहिलो पटक आफ्नो नीजि जीवनबारे खुलासा यसमार्फत् गर्नेछन् ।

सैफले आफ्नो घर, परिवार, सफलता, विफलता र त्यसको आफ्नो जीवनमाथि परेको प्रभाव र प्रेरणाबारे पनि खुलासा गर्नेछन् । यसको पुष्टि उनी आफैंले गरेका छन् । सैफ अली खानले भनेका छन्, ‘धेरै कुरा परिवर्तन भए र समयसँगै यदि हामीले यसलाई दस्तावेजमा परिणत गरेनौं भने याद, यात्रा, उतार–चढावसँग जोडिएका कुरा कतै हराउनेछन् । यसै कारण आत्मवृत्तान्त ल्याउने निर्णय गरेको छु ।’

‘स्मरणको मार्गमा हिँड्नु निकै रमाइलो हुनेछ । मेरा बारे कति कुरा भनिएका छैनन्, कति कुरा सार्वजनिक भएका पनि छैनन् । यस्ता कुरालाई हरसम्भव जानकारी दिने प्रयास गर्नेछु । मलाई आशा छ अरु मानिसहरुले पनि निश्चित रुपमा पुस्तकको आनन्द लिनेछन् ।’ सैफले ५० बढी फिल्ममा अभिनय गरेका छन् र आफ्नो कामका लागि राजिव गान्धी पुरस्कार, पद्म श्री र राष्ट्रि फिल्म पुरस्कारबाट उनलाई सम्मानित गरिएको छ ।