Friday 2nd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

गीत संगीतबाट पनी समाजमा चेतना फैलाउन सकिन्छ : सोमा खत्री (भिडियो अन्तवार्ता)

Wednesday, August 26, 2020 National Power

काठमाण्डौ – समाजसेवाको क्षेत्रमा विगत लामो देखी सक्रिय महिला हुन सोमा खत्री । विषेशतः महिला हिंसाका विरुद्ध अभियान चलायर पिंडकलाई कानुनी कार्वाहीको दायरामा ल्याएर पिंडितको उद्धारमा सक्रिय खत्री यतिवेला समुन्नत महिला मञ्चको अध्यक्ष समेत रहेकी छिन् ।

समाज सेवाको साथ साथै खत्रीले गीत संगीतको क्षेत्रमा पनि आफुलाई क्रियशील बनाएकी छिन् । खासगरी उनले गाउने गीतहरु चेतनामुलक नै रहने गर्दछ । महिला हिंसा विरुद्ध शसक्त मोर्चा बनाएर काम गर्ने सोमा खत्री र गायिका सविना श्रेष्ठ मिलेर यति वेला बुढासुब्बा म्युजिक प्रा.लि. मार्फत “बोकी संधै दुनियाँमा चेतनाको भारी” बोलको चेतनामुलक गीत सार्वजनिक गरेका छन् ।

देवदत्त भट्टको शब्द रचना र सप्रेम सागरको संगीत रहेको उक्त गीतलाई दर्शकहरुले पनि मन पराएको दावी निर्माण पक्षले गरेको छ । भिडियोमा राष्ट्रिय सभाकी संसद एवं गायिका  एवं संचारकर्मी कोमल वली, अधिवक्ता राजेन्द्र शर्मा, नेपाल प्रहरीका एसएसपि लोकेन्द्र श्रेष्ठ लगायतका व्यक्तित्वहरुको अभिनय रहेको छ भने विपिन भाटको सम्पादन र दिनेश अधिकारीको निर्देशन रहेको छ ।

एभरेष्ट नेपाल युटुव च्यानल मार्फत हामीले यसै चेतनामुलक गीतको गायिका शोमा खत्रीसंग गरेको संक्षिप्त कुराकानीको भिडियो अन्तवार्ता समेत प्रस्तुत गरेका छौं ।