Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

राजसंस्थाको आलोचनापछि फेसबुक समूह बन्द

Wednesday, August 26, 2020 National Power

बैंकक – थाइल्यान्ड सरकारले राजसंस्थाको आलोचना गरेको विषयमा कानुनी कारबाही गर्ने बताएपछि फेसबुकले एउटा समूहलाई थाइल्यान्डमा हेर्न नमिल्ने बनाइदिएको छ ।

दसौं लाख सदस्य रहेको ‘रोयलिस्ट मार्केटप्लेस’ समूहले पछिल्ला दिनमा निरन्तर राजसंस्थाको आलोचना गर्दै आएको थियो । थाई सरकारको दबाबविरुद्ध फेसबुकले कानुनी उपचार खोज्ने बताएको छ । थाइल्यान्डमा हालैका दिनमा लोकतन्त्र पक्षधरहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
राजसंस्थामा समेत समयानुकूल सुधार हुनुपर्ने अभूतपूर्व माग उनीहरुको छ । विद्यमान कानुनअनुसार थाइल्यान्डमा राजसंस्थाको आलोचना गर्न पाइँदैन । उक्त समूह विदेशबाट हेर्न नमिल्ने भए पनि सोमबार साँझदेखि थाइल्यान्डमा बन्द गरिएको हो ।