Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

माफी मागेपछि साइबर क्राइमको उजुरी फिर्ता

Wednesday, August 26, 2020 National Power

कतार – सार्वजनिक रुपमा नेपाली युवकले माफी मागेपछि कतारको साइबर क्राइममा दिइएको उजुरी फिर्ता लिइएको छ । मकवानपुरको बकैया गाउँपालिकाकी उर्मिला थिङ्ग (नाम परिवर्तन) ले ‘पुर्वेली कान्छो’ फेसबुक आइडी प्रयोग गर्दै आएका उदयपुर गाईघाटका चित्रबहादुर कामीविरुद्ध ब्ल्याकमेलको आरोपमा कतारको साइवर क्राइममा दिएको उजुरी फिर्ता लिएकी हुन् । चित्रबहादुरले उर्मिलासँग माफी मागेका छन् भने आर्थिक कारोबारसम्बन्धी लेनदेन मिलाउने कागजसमेत गरेका हुन् ।

फोन, भ्वाइस तथा सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गरेको, अपशब्द प्रयोग गरेर आफ्नो चरित्र हत्या गरेको भन्दै मकवानपुरे चेलीले कतारको साइवर क्राइममा उजुरी दिएकी थिइन् । चित्रबहादुरले सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने अभिव्यक्ति दिएकोप्रति सार्वजनिक माफी माग्दै आफूबाट गल्ती भएको स्र्वीकार गरेका छन् भने अब यस्तो गल्ती नदोहा¥याउने भन्दै माफी मागेका हुन् ।

उनले मकवानपुरे चेलीलाई प्रयोग गरी एउटै कम्पनीका अन्य महिला कामदारबाट ब्याज दिन्छु भनी लिएको रकममा आधा रकम फिर्ता गरेको र बाँकी रकम एक महिनाभित्र फिर्ता गर्ने शर्तमा सम्बन्धित महिला कामदारहरुको नाममा कागज पनि गरेका छन् ।

राष्ट्रिय मानव अधिकार समिति दोहा कतारको कार्यालयमा पीडित र पीडक दुबै पक्षबीच मिलापत्र पश्चात साइबर क्राइममा दिइएको उजुरी पीडित युवतीले फिर्ता लिएकी हुन् ।

राष्ट्रिय मानव अधिकार समिति दोहा कतारका प्रतिनिधि मोहम्मद रमजान अली मियाँ, विश्वकर्मा समाजका सल्लाहकार पिताम्बर विश्वकर्मा, मकवानपुर मिलन केन्द्र अन्तर्राष्ट्रिय समन्वय परिषद संयोजक सरोज पुडासैनी लगायतको उपस्थितिमा पीडित र पीडक पक्षबीच मिलापत्र भएको थियो ।