Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘अफेयर’ भन्दा पनि ‘ब्रेकअप’ पछि चर्चा पाएका बलिउडका यी जोडी

Monday, August 24, 2020 National Power

मुम्बई – बलिउड फिल्ममा कयौं सुन्दर जोडी पर्दामा देख्न सकिन्छ । ति मध्ये केही जोडी पर्दामा मात्र होइन । रियल जीन्दगीमा पनि रिलेसनसिपमा रहेन गर्दछन् ।

निजी जीन्दगीमा यी कलाकारको रिलेसनसिप चल्न त केही समय राम्रो चल्ने गर्दछ । तर केही समयपछि ब्रेकअपमा पुगेर सकिन्छ । आज ति  ७ जोडीको चर्चा गर्न खोजेका छौं । जसको अफेयर भन्दा ब्रेकअप बन्यो चर्चित ।

रणवीर कपुर र दीपिका पादुकोण

एक समय बलिउडको सबैभन्दा सुन्दर जोडीमा गनिन्थ्यो रणवीर र दीपिकाको जोडी । यी दुवै सम्बन्धको बिषयमा सिरियस पनि थिए । विवाहसम्म कुरो पुगेको थियो । तर ब्रेकअपमा पुगेर सम्बन्ध सकियो ।

विवेक ओवराय र ऐश्वर्य राय 

सलमान खानसँगको ब्रेकअपपछि ऐश्वर्या विवेकसँग नजिकिएकी थिइन् । यी दुवैको रिलेसनसिप निकै चर्चामा पनि र्हयो । तर यी दुवैको सम्बन्ध लामो समय टिकेन । ब्रेकअपको खबरले झन् सननसनी मच्चायो ।

शाहिद कपुर र करिना कपुर

पर्दामा यी दुवैको जोडी जति सुन्दर देखिन्थ्यो । असल जीन्दगीमा पनि त्यस्तै होस् भन्ने चाहना धेरैको थियो । दुवैका बिच एक समय प्रेम पनि थियो । विवाहसम्म कुरो पुगेको यो जोडीको पनि ब्रेकअप भयो ।

रणवीर सिंह र अनुष्का शर्मा 

बलिउडमा धेरै मन पराइएको जोडीमा पर्दछन् अुनुष्का र रणवीर । करिब तीन बर्ष दुवै रिलेसनसिपमा रहे । व्यक्तिगत कारणमा मनमुटाव बढेका कारण दुवैको ब्रेकअप भयो ।

जोन अब्राहम र विपासा बसु 

जोन र विपासाको रिलेसनसिप करिब ९ बर्ष चल्यो । दुवैको विवाह हेर्न धेरैको इच्छा थियो । तर सबैको चाँहना लत्याउदै दुबैले ब्रेकअप लिए ।  बिपाशाको बिग्रदो चलचित्र करियरका कारण ब्रेकअप भएको समाचार बाँहिर छायो ।

विक्रम भट्ट र सुष्मिता सेन

पूर्वमिस युनिवर्स सुष्मिता सेनले खुलेरै निर्देशक विक्रम भट्टसँगको सम्बन्धको बारेमा बोलेकी थिइन् । तर, यो सम्बन्धपनि छोटो समयमै टुङ्गियो ।

सिद्धार्थ मल्होत्रा र आलिया भट्ट

पहिलो फिल्म ‘स्टुडेन्ट अफ द इयर’को सेटमा सिद्धार्थ र आलिया पहिलो पटक भेटेका थिए । त्यही दुवैको प्रेम टुसायो । लामो समयसम्म रिलेसनसिपमा रहे । तर दुवैको ब्रेकअफ भयो । यी दुवैको रिलेशनभन्दा ब्रेकअफ निकै चर्चाको बिषय बन्यो ।