Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

सुशान्त सिंह मृत्यु प्रकरण : सीबीआई जाँचका लागि सर्वोच्च अदालतको आदेश

Wednesday, August 19, 2020 National Power

बलिउड – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणको जाँच अब सीबीआईले नै गर्ने भएको छ । भारतको सर्वोच्च अदालतले बुधबार यसबारे जाँच गर्न सीबीआईलाई आदेश दिएको हो ।

अदालतले भनेको छ, ‘निष्पक्ष जाँचको माध्यमबाट सत्यतथ्य बाहिर आउँदा निश्चितरुपमा निर्दोषहरुले न्याय पाउनेछन् जो बदनाम गर्ने अभियानको शिकार भएका छन् । सीबीआईको जाँचको फैसलाले रिया चक्रवर्तीलाई पनि न्याय मिल्नेछ, किनभने उनले आफै न्यायको माग गरेकी छिन् ।’

सुशान्तको प्रेमिका रहेकी रिया चक्रवर्तीले पटनामा भइरहेको जाँचलाई मुम्बईमा ट्रान्सफर गर्न अपिल गरेकी थिइन् ।

सर्वोच्च अदालतको ३५ पृष्ठको आदेशको ५ मुख्य कुराः

१ .बिहार प्रहरीले दर्ता गरेको एफआईआर सही थियो ।

२. सीबीआई जाँचको सिफारिस कानुन अनुसार गरियो ।

३. मुम्बई प्रहरीले जाँचमा सहयोग गरोस्, जुटाइएका सबै प्रमाण सीबीआईलाई बुझाओस् ।

४. अन्य एफआईआर दर्ता भए पनि त्यसको जाँच सीबीआईले गर्नेछ ।

५. सुशान्त सिंह प्रतिभावान कलाकार थिए । उनको परिवार, मित्र र फ्यान जाँचको नतिजाको प्रतिक्षा गरिरहेका छन् । त्यसैले निष्पक्ष र प्रभावी जाँच आवश्यक ।

अब के हुन्छ ?

अब सीबीआईले मुम्बई प्रहरीलाई पत्र लेखेर पछिल्लो दुई महिनामा जुटाएका सबै प्रमाण सुम्पिन आग्रह गर्नेछ । न्यूज एजेन्सी आईएनएसका अनुसार सीबीआईले बयान दर्ता गरिएको सबै उपकरणहरु पनि मुम्बई प्रहरीसँग माग गर्नेछ ।

यता, रियाका वकिल सतीश मनशिन्देले भने, ‘रिया आवश्यकता परे सीबीआईको सामुन्ने पनि पेश हुनेछिन् । उनले मुम्बई प्रहरी र ईडीलाई पनि सहयोग गरेकी थिइन् । जुनसुकै एजेन्सीले जाँच गरे पनि सत्य बदलिने छैन ।’ सुशान्तका पिताका वकिल विकास सिंहले आफूहरुलाई चाँडै न्याय मिल्ने आशा व्यक्त गरेका छन् । सर्वोच्च अदालतको फैसलाबाट परिवार सुखी रहेको उनले बताएका छन् ।

स्रोत : दैनिक भास्कर