Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

कंगनाको कटाक्षमा अब आमिर खान

Wednesday, August 19, 2020 National Power

काठमाडौं -बलिउड नायिका कंगना रनौत आफ्नो बयानका लागि धेरैजसो चर्चामा रहन्छिन् । यसका साथै उनी विवादास्पद विषयमा आफ्नो धारणा व्यक्त गर्न हिच्किचाउँदिनन् । हालै उनले आमिर खानमाथि कटाक्ष गरेकी छिन् ।

कंगना रनौतको टिमले ट्वीटर ह्यान्डलमा आमिर खानको एउटा पुरोना अन्तरवार्ता सेयर गरेको छ । यसमा आमिर खानले आफ्नो नीजि जीवनबारे कुरा गरिरहेका छन् जसमा उनले आफ्नी श्रीमती हिन्दु भएतापनि सन्तानले भने इस्लामको पालना गर्नुपर्ने बताएका छन् । कंगना रनौतको टिमले अन्तरवार्ताको लिंक सेयर गरेर आमिर खानको धर्मनिरपेक्षतामाथि प्रश्न उठाएका छन् ।

कंगनाको टिमले ट्वीटरमा लेखेको छ, ‘हिन्दूंमुस्लिम. मुस्लिम । यो त कट्टरपन्थी हो । विवाहको परिणाम जीन वा संस्कृतिको मिश्रण मात्रै नभई धर्मको पनि हो । आफ्ना सन्तानलाई अल्लाहको उपासना पनि सिकाउनुहोस् र श्रीकृष्णको भक्ति पनि, यही धर्म निरपेक्षता हो नि ?

स्मरण रहोस्, कंगना रनौतकी आमाले हालै मनालीमा आफ्नो घरमा आफ्नी छोरीको सुरक्षा र कल्याणका लागि पूजाको आयोजना गरेकी थिइन् । कंगना रनौतको समूहले सोसल मिडियामा एउटा भिडियो सेयर गरेकी थिइन् जसमा उनलाई आफ्नी आमासँग पूजा गरिरहेको देख्न सकिन्छ ।