Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

रिलिज भयो ‘सडक टु’ को पहिलो गीत, पुनः डिसलाइकको वर्षा

Sunday, August 16, 2020 National Power

एजेन्सी- रिलिजको संघारमा रहेको फिल्म ‘सडक टु’ को गीत ‘तुम से ही’ गीत रिलिज भएको छ । ट्रेलर सार्वजनिक भएपछि एकपटक यो गीतमाथि मानिसहरुको रोष पोखिएको छ । समाचार तयार पार्दासम्म यो गीतले ४८ लाख भ्यू पाइसकेको छ भने ९८ हजारले यो गीतलाई लाइक गरेका छन् । यद्यपि, भिडियोमा ३ लाख ९३ हजार डिसलाइक गरेका छन् ।

यो गीतले आदित्य रोय कपुर र आलिया भट्टको पात्रलाई नजिकबाट चिन्ने मौका प्रदान गर्छ । तर एक हदसम्म यो गीतको भिडियो निराश पारिदिने किसिमको छ किनभने यहाँ आदित्य रोय कपुरको भूमिका दोहोरिएको जस्तो देखिन्छ ।

‘तुम से ही’ मा आदित्य रोय कपुर एक तनावमा भएका गायकको रुपमा छन् जुन आशिकी टुमा अत्यधिक रक्सी पिइरहेको देखिन्थे । तर यो गीतमा उनी एक्लोपनसँग जुधिरहेको देखिएका छन् । जस्तै राहुल जयकरले ‘आशिकी टु’ मा प्रेमिका आरोहीसँग दुरी बनाए त्यसरी नै ‘सडक टु’ मा उनी प्रेमिका अरायासँग टाढा भएका छन् ।