Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सुशान्तलाई न्याय दिन वरुण धवन र मौनी रायले उठाए आवाज

Saturday, August 15, 2020 National Power

एजेन्सी- बलिउड अभिनेता सुशान्त राजपुतको निधनपछि विश्व भर विषयको चर्चा बनिरहेको छ । उनको निधनपछि सुशान्तसँग जोडिएका धेरै कुरा बाहिर आएका छन् । सुशान्तको निधन पश्चात उनका साथीहरु र आफन्तले उनको केसमा सिबिआइले अनुसान्धान गर्नुपर्ने माग गर्दै आएका छन् । मुम्बईको प्रहरीले हेरी रहेको केस ४० दिनपछि सुशान्तको परिवारले सिबिआईले अनुसन्धान गर्नुपर्ने बताउदै आएका छन् ।

अभिनेता वरुण धवन र मौनी रायलेपनि सुशान्तको केस सिबीआई नै गर्नुपर्ने बताएका छन् । ‘सिबिआई फर सुशान्त सिंह राजपुत’ नामको पेज सेयर गरेर दुई कलाकारहरुले आफ्नो इन्स्टाग्राममा सिबीआईले गर्नुपर्ने मार्ग राख्दै सेयर गरेका छन् । ‘सिबिआई फर सुशान्त सिंह राजपुत’ नामको यो पेजमा अंकिता लोखडे, कंगना रनौत, कीर्ति सेनन्, मअमिशा पट्टेल जोडिएका छन् ।