Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अक्षय कुमार फोब्सको धनीको सुचीमा

Saturday, August 15, 2020 National Power

एजेन्सी- फोब्स म्यागाजिनको ताजा सुची अनुसार बलिउड अभिनेता अक्षकुमार सबैभन्दा महङ्गा कलाकार हुन्, त्यसो त विश्वभरका कलाकारहरुमा अक्षयकुमार छैठौमा पर्छन् । यस सुची अनुसार अक्षयको गएको वर्ष ३ सय ६२ करोड भारु कमाई भएको थियो, तर सबैलाई थाहा नहुन सक्छ उनको यति धेरै कमाई हुनुको कारण फिल्म मात्र नभएर विज्ञापन पनि हो ।

फिल्मफेयर वेबसाइटको अनुसार अक्ष कुमार यस समयमा ३० उत्पादक कम्पनीको विज्ञापन गरिरहेका छन्, जसमा कज्युमर प्रोडक्टसबाट लिएर लग्जरी सामान सम्ममा पर्छन् । एक रिर्पोटको अनुसार उनले एक विज्ञापनको लागि प्रतिदिन २ देखि ३ करोड भारु लिदै आएका छन् । अक्षकुमारको ब्रान्डको मुल्य ७४२ करोड रुपैयाँको वरिपरि रहेको छ ।

उनी बलिउडको सबैभन्दा विश्वासिलो नायकमा पर्छन् । २०१९ मा उनको ४ फिल्म रिलीज भएका थिए र चारै फिल्म निकै सफल भए । पछिल्लो वर्ष अक्षकुमारको पहिलो रिलीज केसरी थियो, जसले १५३ करोडको कलेक्सन घरेलु बक्स अफिसले गरेको थियो । दोस्रो फिल्म मिशन मंगल थियो, जसले २०० करोड जम्मा गरेको थियो ।

त्यसै गरी तेस्रो फिल्म हाउसफुल–४ ले २०६ करोड जम्मा गरेको थिया भने चौथो गुड न्युजले २०१ करोड रुपैयाँ संकलन गरेको थियो । यो वर्षपनि उनका चार फिल्म रिलीज हुनेवाला थियो । तर कोविड–१९ का कारण फिल्म हल बन्द भएकाले रिलीज हुन पाएका छनैैन् र केहि ओटिटी प्लेटफर्ममा लागिरहेका छन् । अक्षकुमारको सुर्यवंशी मार्च महिनामा आउदै थियो । करोहित शेट्टीले निर्देशन गरेका फिल्म बक्स अफिसमा धमाका दिने थियो ।