Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अमिताभसँग समय बिताउन रेखाले परिवर्तन गर्थिन् फिल्म शुटिङको समय

Saturday, August 15, 2020 National Power

एजेन्सी – सदाबहार सुन्दरी अभिनेत्री रेखा सधैँ चर्चामा आउने गर्छिन् । हुनतः रेखाको कहानी कुनै फिल्मभन्दा कम छैन । जब रेखाको नाम चर्चामा आउँछ उनीसँगै महानायक अमिताभ बच्चनको नाम पनि जोडिएर आउँछ । कुनै समय रेखा र अमिताभको अफेयरको निकै चर्चा हुने गथ्र्यो । उक्त समयका चर्चित भिलेन थिए रन्जित । रन्जितसँग जो कोहि पनि काम गर्न तयार रहन्थे । तर रेखालले रन्जितसँग फिल्म खेल्न अस्वीकार गरेकी थिइन् ।

किनकी रेखा उक्त समयमा अमिताभ बच्चनलाई लिएर निकै गम्भीर थिइन् । त्यसैले उनले रन्जितसँग फिल्म खेलिरहेकी थिइन् । उनी अमिताभसँग धेरैभन्दा धेरै समय बिताउन चाहान्थिन् । त्यसैले उनले निर्देशकलाई उनले तालिका फेरबदल गर्न शर्त राखिन् तर उनको प्रस्ताव अस्वीकार भयो ।

रन्जितले ९० को दशकमा ‘कारनामा’ फिल्म बनाइरहेका थिए । फिल्मको मूख्य भूमिकामा रेखा र धर्मेन्द्रले साइन गरेका थिए । रन्जितले साँझको समय रेखा र धर्मेन्द्रको शुटिङको समय राखेका थिए । तर, रेखालाई रन्जितले दिएको समय मन परेन जसको कारण थिए अमिताभ बच्चन ।

रेखाले यस विषयलाई लिएर रन्जितलाई सुटिङको समय बिहान गर्न र साँझको समय रेखालाई अमिताभसँग बिताउनुपर्ने बताएकी थिइन् । रन्जितले मुख्य भूमिकामा रेखा भएकाले उनको प्रस्ताव स्वीकार गर्नुपर्यो । रन्जितले एक अन्तरवार्तामा उनी उक्त फिल्मका कारण निकै तनाव भोगेको बताएका थिए । त्यसपछि चिन्तित भएका रन्जितले धर्मेन्द्रसँग सल्लाह मागे । र रेखालाई फिल्मबाट हटाए । पछि रन्जितले फिल्ममा विनोद खन्ना र फराह नाजलाई राखे ।