Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

विद्यार्थीले सोनू सूदसँग किताब खरिद गर्न मद्दत मागेः नायकले भने, ‘ठेगाना पठाउ, किताब तिम्रो ढोकामा पुग्नेछन्’

Friday, August 14, 2020 National Power

काठमाडौं -बलिउड नायक सोनू सूदले कोरोनाभाइरसका कारण लागू गर्नु परेको लकडाउनमा जुन उदारता देखाए त्यसले उनलाई मानिसहरुबीच हिरो नै बनाइदियो । एकातिर यी अभिनेताले आफ्नो यो कामको सिलसिला जारी राखेका छन् भने अर्कोतिर मानिसहरुले उनीबाट आशा राख्न छोडेका छैनन् । यसै आशामा एक विद्यार्थीले ट्वीट गरेर सोनूसँग किताब खरिद गर्नका लागि मद्दत गर्न आह्वान गरे । विद्यार्थीको यो समस्यालाई सम्बोधन गर्दै सोनू सूदले पनि मद्दतको हात बढाए ।

विद्यार्थीले ट्वीट गरेर भनेका थिए, ‘सर कृपया मलाई यूपीएससीको किताब खरिद गर्न मद्दत गर्नुहोस् । म यी किताबबिना तयारी सुरु गर्न सक्दिनँ । किताब दिलाउन मलाई मद्दत गर्नुहोस् ।’ विद्यार्थीको यो आग्रहमा सोनूले पनि ट्वीट गरेर उनीसँग उनको ठेगाना माग्दै किताब उनको ढोकासम्म आइपुग्ने बताएका छन् ।

यसअघि पनि सोनूले आवश्यकतामा परेका मानिसहरुलाई सक्दो सहयोग गरिसकेका छन् । केही दिन अघि एक किसान परिवारको भिडियो सार्वजनिक भएको थियो जसमा एक छोराले आफ्ना दुई छोरीलाई खेत जोत्न लगाएका थिए । सोनूले पनि मद्दत गर्दै उनीहरुलाई ट्र्याक्टर दिए । कतिपटक त मानिसहरुले उनलाई यत्तिकै पनि मद्दत मागिरहेका छन् । यसमा सोनूले पनि जवाफ फर्काएका छन् । उनले कसैलाई ठेस् नपुर्याइ निकै समझदारीले सबैलाई जवाफ दिँदै आएका छन् ।