Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

श्रीदेवीको आँखामा हेर्नैै सक्दैनथे आमिर खान, बताए यस्तो कारण

Thursday, August 13, 2020 National Power

काठमाडौं  – बलिउडकी पहिलो महिला सुपरस्टार हुन् श्रीदेवी । उनी असाध्यै मिहिनेती अभिनेत्री थिइन् । जब उनी आफ्नो प्रस्तुती दिन्थिन् तब उनको शान्त अनुहारले गहिरो हाउभाउ प्रकट गर्दथ्यो । नृत्युदेखि अभिनयसम्म उनी हरेक विधामा मिहिनेत गर्दथिन् । श्रीदेवीका प्रशंसक बलिउड बाहिर मात्रै नभई बलिउडका कलाकार पनि थिए । मिस्टर पर्केकशनिस्टको नामले चर्चित आमिर खान पनि तीमध्ये एक हुन् । उनले एक अन्तरवा्तामा श्रीद्वीको आँखामा हेर्नै नसक्ने बताएका थिए र उनले यसको कारणबारे पनि जानकारी दिएका थिए । आज (१३ अगस्ट)मा श्रीदेवीको जन्म जयन्ती हो । यो मौकामा उनीबारे केही रोचक प्रसंगबारे कुराकानी गरौं ।

बलिउड नायिका श्रीद्वी आफ्नो अभिनय, नृत्य र सुन्दरताका लागि मात्रै चर्चित थिइनन् । उनले सदमा र चांदनीजस्ता फिल्ममा गीत पनि गाएकी छिन् । फिल्म निर्माता बोनी कपुर श्रीदेवीलाई देख्ने बित्तिकै माया जालमा परिसकेका थिए । तर बोनीबाहेक अर्का एक फिल्म निर्माता छन् जो श्रीदेवीका ठूलो फ्यान थिए । ती फिल्म निर्माता श्रीदेवीको एक झलक पाउनका लागि उनको घर नजिकैको सडकमा बसिरहन्थे ।

ती फिल्म निर्माता हुन् राम गोपाल वर्मा । राम गोपाल वर्मा श्रीदेवीको एउटा फिल्म हेरेर दिवाना भएका थिए र उनलाई श्रीदेवी यो दुनियाँको नभई अर्कै दुनियाँबाट आएको जस्तो लाग्थ्यो । यो सबैकुरा राम गोपाल वर्माले एक पोस्टमा लेखेका थिए ।

श्रीदेवी असाध्यै राम्री थिइन् । विशेषगरी उनको आँखाका थुप्रै प्रशंसक थिए । बलिउड अभिनेता आमिर खान श्रीदेवीका निकै ठूला प्रशंसक हुन् । एक अन्तरवार्तामा उनले श्रीदेवीको आँखामा कहिले पनि हेर्न नसकेको बताए ।

एक मिडिया संवादको क्रममा उनले श्रीदवीसँग जोडिएको एउटा किस्सा सुनाएका थिए । उनका अनुसार उनले श्रीदेवीसँग एक म्यागजिन कभरको फोटोसुट गर्नुथियो । यसका लागि उनी निकै उत्साहित थिए ।

आमिरका अनुसार उनले सुटको क्रममा श्रीदेवीलाई आँखामा हेर्न नसकेको बताए किनभने जब उनले श्रीदेवीको आँखामा हेर्दथे तब कतै हराउँथे । उनलाई डर थियो सक श्रीदेवीले कतै उनको यो कुरा थाहा नपाउन् । आमिरले श्रीदेवीलाई उत्कृष्ट नायिकाको पनि उपमा दिएका थिए ।

श्रीदेवीको आँखा निकै सुन्दर थिए । फिल्म ‘निगाहें’ र ‘नगिना’ पछि उनको आँखा निकै चर्चामा रह्यो । वास्तवमा फिल्मा उनले इच्छाधारी नागिनको भूमिका निभाएकी थिइन् । यसका लागि उनले रङ्गीबिरङ्गी लेन्स लगाएकी थिइन् ।

रिपोर्टसका अनुसार लेन्स लगाएका कारण उनको आँखामा समस्या आएको थियो । डाक्टरले उनलाई उनको आँखा खराब हुनसक्ने चेतावनी पनि दिएका थिए तर श्रीदेवीले आफ्नो भूमिकाका लागि आँखालाई नै जोखिममा पारिन् । उनी सेटमा आँखामा हाल्ने औषधी लिएर जाने गर्दथिन् ।