Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आलियाको ‘सडक टु’ लाई रेकर्डस्तरको ‘डिसलाइक’ किन ?

Thursday, August 13, 2020 National Power

काठमाडौं – सञ्जय दत्त र आलिया भट्ट स्टारर फिल्म ‘सडक टु’ को ट्रेलर बुधबार बिहान रिलिज भयो र रिलिज भएको केही घण्टा भित्रै यसले युट्युबमा हज्जारौं डिसलाइक पायो । ठूलो ब्यानरका, अझै त्यसमाथि ठूल्ठूला कलाकारको नाम भएका फिल्मको ट्रेलरले डिसलाइकभन्दा लाइक बढी पाउँथ्यो । तर सडक टुमा ठिक विपरित भयो । यो समाचार तयार पर्दासम्म फिल्मको ट्रेलर ट्रेन्डिङको शीर्ष स्थानमा छ भने यसले हालसम्म ४० लाख बढी डिसलाइक पाइसकेको छ । यद्यपि, ट्रेलरले २ लाख ७२ हजार लाइकसमेत पाएको छ । कतिले फिल्मलाई बहिष्कार गर्नेसमेत बताएका छन् ।

यो नियोजित बहिष्कार गत जुलाई १४ तारिखमा बलिउड नायक सुशान्त सिंह राजपूतले आत्महत्या गर्नुसँग सम्बन्धित छ । ३४ वर्षे ती नायक मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको मृत्युलगत्तै धेरैले उनी बलिउडको परिवारवाद र समूहवादको शिकार भएकाले डिप्रेशनको भएको बताए । तसर्थ, थुप्रैले बलिउडका नाम चलेका कलाकार र स्टारकिड्समाथि प्रहार गर्न थाले । तीमध्ये आलियाको नाम शीर्ष स्थानमा आयो ।

आलियाले कफी विद करन नामको शोमा सुशान्तबारे गरेको टिप्पणी पनि अत्यधिक चर्चामा आयो जसका कारण आलियाको निकै आलोचना भयो । आलिया फिल्म निर्माता करन जोहरसँग अत्यधिक नजिक भएकोले पनि उनी निशानामा परिन् । करन जोहरलाई नेपोटिजमको बढावा दिएको भन्दै सोसल मिडिया प्रयोगकर्ताले भन्न सम्म भने ।

यसका साथै ‘सडक टु’ महेश भट्टले निर्देशन गरेका हुन् । उनीमाथि पनि सोसल मिडियामा नकारात्मकता फैलाएको भन्ने आरोप लागेको छ । महेश भट्ट रिया चक्रवर्तीसँग नजिक भएको बताइन्छ । रिया चक्रवर्तीलाई सुशान्त सिंह राजपूतको मृत्युपछि विभिन्न प्रश्नले घेरिएको छ ।