Thursday 1st January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

जनताको रोजाईमा अक्षय पहिलो नम्बरमा

Wednesday, August 12, 2020 National Power

एजेन्सी – भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघिसकेको छ । भाइरसका कारण फिल्म हलहरु बन्द छन् । बलिउड फिल्मको सुटिङ पनि रोकिएको छ । कोरोनाकाल पहिल्यै सुटिङ सकिएका केही फिल्महरु डिजटल प्लेटफर्ममार्फत सार्वजनिक हुँदैछन् ।

तर, यो प्लेटफर्म अझै पनि आम भारतीयको सहज पहुँचमा छैन । यी सबैका बाबजुद ताजा सर्वेक्षणअनुसार शाहरुख खान, सलमान खान, आमिर खान र अमिताभ बच्चन चर्चित अभिनेताको सूचीमा शीर्ष १० भित्र छन् । तर नम्बर १ अक्षयकुमार छन् । देशका २४ प्रतिशत जनताले अक्षयलाई नम्बर एक हिरो मान्छन् ।

मिडिया समूह इन्डिया टुडेले गरेको यस र्सेमा देशका १२ हजार जनताको राय लिइएको थियो । यसमध्ये २४ प्रतिशतले अक्षयकुमार तथा २३ प्रतिशतले अमिताभ बच्चनलाई नम्बर एक अभिनेता माने ।

यस सर्वेक्षणमा शाहरुख खान ११ प्रतिशत भोटसहित तेस्रो स्थानमा, सलमान खान १० प्रतिशतसहित चौथो र आमिर खान ६ प्रतिशत भोटसहित पाँचौ स्थानमा छन् ।

अजय देवगन, ऋतिक रोशन र रणविर सिंहले समान ४–४ प्रतिशत भोट पाए ।