Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सञ्चारकर्मी तथा निर्देशक सुर्य चन्दले ल्याए हातमा बजाउदै चुरा (भिडियो सहित)

Monday, August 10, 2020 National Power

काठमाडौं –  बरिष्ट गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत छम छम बजाउँदै चुराको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो। दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल बरिष्ट गायिका देविका बन्दना आफैमा स्थापित गायिका हुन।

हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रमा कान्छी उपनामले चिनिने बरिष्ट अभिनेत्री शर्मिला मल्ल, मोडल सुजना बर्देवा, सोनी काररंन्जित र इन्ता श्रेष्ठ लगायत फिचर्ड छन् । शर्मिला मल्लको यो पहिलो तिज म्युजिक भिडियो हो।

संचारकर्मी तथा निर्देशक सूर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गीतकार शोभा केसीको शब्द, संगीतकार सम्राट थापाको संगीत र एरेन्ज छ भने शिव विकले कोरियोग्राफी गरेका छन्। भिडियोमा अजय रेग्मीको छायांकन तथा पदम सुवेदीको सम्पादन रहेको छ। भिडियो हेर्नुहोस .