Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

यी हुन् बलिउडका सबैभन्दा धनि अभिनेत्री

Saturday, August 8, 2020 National Power

एजेन्सी – बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीहरुमा दीपिका पादुकोण र अनुष्का शर्मा जस्ता अभिनेत्रीहरुको नाम सबैभन्दा अगाडि आउँछ । पछिल्लो समय कुनै पनि फिल्ममा नदेखिएकी अनुष्का शर्माले उत्तिकै कमाई गरिरहेकी छिन् । उनले ‘पाताल लोक’ र ‘बुलबुल’ को प्रोड्युसरको रुपमा काम गरेकी अभिनेत्री शर्माले निकै राम्रो काम गरिरहेकी छिन् ।

आलिया भट्ट
आलिया भट्ट पछिल्लो समय सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको पहिलो नम्बरमा आउँछिन् । उनी सन् २०१९ को फोब्र्सको सूचिमा समेत सामेल भएकी थिइन् । उनको पछिल्लो कमाई ५९।२१ करोड रहेको छ ।

प्रियंका चोपडा
ग्लोबल आइकन प्रियंका चोपडा जोनास पछिल्लो समय सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको टप १०० को सेलिब्रेटीको सूचिमा पर्छिन् । उनी ४९ नम्बरबाट १४ औं मा आइपुगेकी छिन् । पछिल्लो समय प्रियंकाको कुल कमाई २३।४ करोड थियो । उनको इन्स्टाग्राममा धनिको सूचिमा २०१९ की सबैभन्दा धनि भारतीय सेलिब्रेटीको रुपमा पनि नोमिनेसन भएकी थिइन् । उनी पछिल्लो समय इन्स्टाग्रामको एउटा पोस्ट बराबर १।९२ करोड चार्ज लिन्छिन् ।

दीपिका पादुकोण
सबैभन्दा धनि अभिनेत्रीको सूचिमा दीपिका पादुकोणको नाम सधैँ अगाडि आउँछ । उनी सन् २०१८ मा ४८ करोड कमाई गरेर १० औं नम्बरमा पर्न सफल भएकी थिइन् । तर अहिले उनको नाम चौँथो नम्बरमा पुगेकी छिन् । उनको पछिल्लो वर्षको कमाई १११।८ करोड भइसकेको छ।

अनुष्का शर्मा
अभिनेत्री तथा प्रोड्युसर अनुष्का शर्माको सन् २०१९ को कमाई २८।६७ करोड थियो । अनुष्का सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको सूचिमा २१ औँ नम्बरमा पर्छिन् ।

कैटरीना कैफ
बलिउडकी अभिनेत्री कैटरीना कैफको अघिल्लो वर्ष २३।६३ करोड थियो । जसले उनलाई धनि अभिनेत्रीहरुको सूचिमा २३ औँ नम्बरमा पर्छिन् । फिल्ममा काम गर्नुका साथै उनी केही ठूला ब्राण्डका एम्बेसडर पनि हुन् ।