Sunday 29th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

ट्रम्पद्वारा टिकटक प्रतिबन्ध गर्ने घोषणा

Sunday, August 2, 2020 National Power

एजेन्सी- चिनियाँ कम्पनीबाट माइक्रोसफ्टले लोकप्रिय भिडियो एप टिकटकलाई किन्ने सम्भावित प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले  उक्त एपलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ‘जहाँसम्म टिकटकको कुरा छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध गर्दैछौँ,’ एयरफोर्स वानमा पत्रकारहरुसँग कुराकारी गर्दै भने ।

यसका लागि उनले आपत्तकालिन आर्थिक शक्ति वा कार्यकारी आदेश प्रयोग गर्ने जिकिर गरे । उनले त्यस्तो आदेश कस्तो हुनेछ भनेर चाहिँ खुलाएनन् । ‘मसँग अधिकार छ,’ उनले मात्र यति भने ।

शुक्रबारको शुरुवातमा भने ट्रम्प प्रशासनका अधिकारीहरुले टिकटकको मालिक रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकाको सञ्चालन र व्यवस्थापनको जिम्मा अमेरिकी कम्पनीलाई बेच्नुपर्ने आदेशमा ट्रम्पले हस्ताक्षर गर्न सक्ने अपेक्षा गरेका थिए । न्युयोर्क टाक्म्सका अनुसार माइक्रोसफ्ट टिकटक खरिदका लागि सम्पर्कमा रहेको छ ।

नीति निर्माताहरुले टिकटक राष्ट्रि सुरक्षाका लागि जोखिम हुनसक्ने कुरा उठाउँदै आएका छन् । अमेरिकी सरकारले टिकटकको राष्ट्रिय सुरक्षाबारे मुल्यांकन गरिरहेको छ । यसबारे नीतिगत सुझावहरु राष्ट्रपति ट्रम्पलाई प्रदान गर्ने तयारी गरिरहेको छ ।

आलोचकहरुले टिकटकले संकलन गर्ने डाटा अमेरिकका बाहिर रहेको र त्यहाँबाट चिनियाँ अधिकाहरुले टिकटकको गोप्य जानकारी लिने गरेको आरोप लगाउँछन् ।

तर, साइबर सेक्युरिटी विज्ञहरुले भने टिकटक रास्ट्रिय सुरक्षाका लागि खतरा भएको कुरा सैद्धान्तिक मात्र रहेको र टिकटकको डाटा चिनियाँ गुप्चरले चोरी गरेको कुनै प्रमाण नरहेको बताउँछन् ।

स्रोत :सीएनएन