Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘क्या दामी भो’ र ‘पिलायो साथीले’ पछि नाचें फिरिरी

Sunday, August 2, 2020 National Power

काठमाडौं -डा. चन्द्र गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत ‘नाचें फिरिरी’को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ । यही साउन १५ गते बिहीबार दिउँसो २ बजे रिलिज भएको यो भिडियोले समाचार लेखिरहँदाको समय अर्थात् २ दिनमा ६ लाख भन्दा बढी भ्युज पाईसकेको छ ।

लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका झापाली गीतकार डा. गिरी वरिष्ठ वातावरणविद् हुन् । गीतकार गिरीका लगभग १ दर्जन गीत रेकर्ड भईसकेका छन् । अरु गीतका भिडियो पनि क्रमैसँग रिलिज गरिने कुरा उनले जानकारी गराए ।

गम्भीर विष्टको परिकल्पना तथा निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको सिनेम्याटोग्राफीमा छयाँकन भएको यस भिडियोमा विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्शन गरेका छन् । भिडियोमा दर्शकले अत्यन्तै रुचाएका कलाकार ट्वीन्स प्रिज्मा र प्रिन्सी खतिवडा तथा सागर लम्साल ‘बले’ले प्रमुख मोडलको रुपमा नृत्य तथा अभिनय गरेका छन् ।

नेपाल चलचित्र विकाश कम्पनी बालाजूमा भब्य सेट लगाएर केहीदिन अघिमात्र भिडियोको छायाँकन गरिएको थियो । भिडियोको लागि कला निर्देशक विजय चौधरीले आकर्षक सेट लगाएका थिए ।  ‘क्या दामी भो‘’ र ‘पिलायो साथी‘’ले जस्ता पिउने पिलाउने गीतबाट विशेष र फरक प्रकारको चर्चा पाएका शिव परियारले अब ‘नाचें फिरिरी‘’ले संसारभरका स्टेज तताउने प्रतिक्रिया दिएका छन् ।