Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भुवनविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने तयारीमा साम्राज्ञी

Thursday, July 30, 2020 National Power

काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकाररनिर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाई छ । भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका थिए ।

यो अन्तर्वार्ता भुवनले पनि फेसबुकमा सेयर गरेका थिए । यसबाहेक भुवन र उनका वरपरका मान्छेहरुले आफूमाथि सामूहिक हमला गरिरहेको साम्राज्ञीको भनाइ छ । ‘उहाँहरु घीनलाग्दो तरिकाले ममाथि जाइलाग्नुभयो,’ साम्राज्ञीले  भनिन् । साउन ९ गते केसीले साम्राज्ञीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । ‘उहाँ (भुवन)ले एकदमै बच्चा तरिकाले मुद्दा हाल्नुभयो तर म त्यसरी गर्दिनँ । सबै कुरा बुझेर केस गर्छु,’

असार दोस्रो साता साम्राज्ञीले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तीन फिल्ममा दुर्व्यवहारमा परेको उनको भनाई थियो । कसैको नाम भने लिएकी थिइनन् तर लगत्तै भुवन केसीले फेसबुकमा ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छन् रु जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने’ भन्दै स्ट्याट्स लेखेका थिए ।

‘अहिले पनि उहाँ (भुवन)ले मान्छे लगाएर मेरो दुर्व्यवहार गरिरहनु भएको छ, चरित्रहत्या गर्ने प्रयास गरिरहनु भएको छ,’ साम्राज्ञी भन्छिन्, ‘केटी मान्छे हो, डराउँछे, फिल्म क्षेत्र नै छोड्छे भनेर उहाँ र उहाँका मान्छेले सोच्नु भएको होला तर म डराउँदिन, पछाडि हट्दिनँ ।’

‘ड्रिम्स’को छायांकनमा पोखरामा रहँदा आफूमाथि कसैले यौन दुर्व्यवहार गर्न खोजेको घटनाउपर भुवन केसीले मजाक गरेको साम्राज्ञीको भनाई छ । ‘जापानमा अवार्डमा जाँदा पनि उहाँ असहज ढंगले मेरो नजिक आउँदा मैले धकेलेको थिएँ,’ साम्राज्ञीले त्यो घटना सम्झदै भनिन्, ‘उहाँलाई वा अरुलाई त्यस्तो व्यवहार मन पर्छ होला तर मलाई मन पर्दैन । त्यति नजिक आउन उहाँ मेरो को हो र रु’ सेटको नमिठो भोगाईबारे बोलेपछि आफूलाई फिल्मबाट निकाल्न र अरु फिल्ममेकरलाई भड्काउन भुवनसहित अन्य व्यक्तिहरु लागिपरेको साम्राज्ञीको आरोप छ । ‘यस्तो आक्रमणले फिल्ममा आउन चाहने नयाँ केटी र उनीहरुका अभिभावकहरु हत्तोसाहित हुन्छन्,’ उनले भनिन्, ‘त्यसैले पनि म चुप बस्दिनँ । अत्ति हेप्ने काम भयो ।’ साम्राज्ञीलाई फिल्मक्षेत्र भित्रैबाट भने असाध्यै कम साथ मिलिरहेको छ।

कान्तिपुरबाट