Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

मोबाइल गेमले बालबच्चालाई कसरी आक्रमक बनाउँदैछ ?

Tuesday, July 28, 2020 National Power

काठमाण्डौ – मोबाइल गेममा लिप्त हुने बालबच्चाको मनोदसा कस्तो हुन्छ ?  के उनीहरुको स्वभाव फेरिदै गएको छ ? उनीहरु बढी आक्रमक एवं रिसाह हुँदैछन् ? संभवत आमाबुवाले आफ्ना बालबच्चाको बद्लिदो व्यवहारलाई सुक्ष्म ढंगले अध्ययन गरेका छैनन् । यद्यपि मोवाइलमा लिप्त हुने बालबच्चाहरु धेरै रिसाउने र आक्रमक हुने पाइन्छ । विगतका तुलनामा अहिलेका बालबच्चाहरु बढी रिसाह भएको र त्यसमा मोबाइल एक मूख्य कारणको रुपमा पाइएको कतिपय अध्ययनको निचोड छ । मनोविज्ञहरुका अनुसार अहिले बालबालिका हिंस्रक एवं आक्रमक हुनुको पछाडि मोबाइल फोन एउटा कारणको रुपमा देखापरेको छ । अहिले आमाबुबाले बच्चालाई ख्याल नगर्ने बरु मोबाइल दिएर त्यसैमा भुलाउने प्रवृत्ति छ । यसमा उनीहरु हिंस्रक प्रवृत्तिको गेम खेल्छन् ।

मोवाइल गेमले उनीहरुको मस्तिष्कमा कसरी असर गर्न सक्छ रु यसको जवाफमा मनोवैज्ञानिक भन्छन्, ‘मकहाँ जति पनि बच्चा हिंस्रक स्वभावका आउने गर्छन्, उनीहरु दिनमा तीन वा चार घण्टा मोबाइल गेममा लिप्त हुनेहरु छन् । त्यस्ता खेल खेलिरहँदा उनीहरुमा हिंस्रक प्रवृत्ति मौलाएर जान्छ ।’

सन् २०१० मा अमेरिकाको सर्वोच्व अदालतले फैसला गरेको थियो, बच्चालाई मोबाइल खेल्न नदिनुहोस् । त्यसले उनीहरुमा हिंस्रक प्रवृत्ति जस्तै हत्या वा यौन हिंसा जस्ता कृत्यमा उक्साउँछ । यो फैसला आउनु पाँच बर्षअघि क्यालिफोर्नियाका गर्भनरले आफ्नो राज्यमा हिंस्रक भिडियो गेम बनाउनमै रोक लगाएको थियो । त्यस अन्र्तगत १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई त्यस्ता गेम खेल्न निषेध गरिएको थियो ।

त्यसो त मोबाइलमा बालबालिकाको पहुँच भएपछि उनीहरु सजिलै अश्लिल सामाग्रीको पहुँचमा पुग्ने गर्छन् । साना बच्चाहरु पनि त्यस्ता सामाग्रीको लतमा फस्छन् । कार्टुन वा बालबालिकाका लागि तयार गरिएको भिडियो छाडेर उनीहरु यौनजन्य श्रव्यदृश्य सामाग्रीमा लिप्त हुन्छन् । यसले उनीहरुमा मानसिक विकार पैदा गर्छ ।

भिडियोको असर परीक्षणका लागि सन् १९६१ मा मनोवैज्ञानिक एलबर्ट बन्डुराले एक प्रयोग गरेका थिए । उनले बच्चालाई एक भिडियो देखाइदिए, जसमा एक मानिसले गुडियालाई कुटपिट गरिरको देखिन्थ्यो । त्यसपछि उनले बच्चालाई गुडिया दिए । गुडिया पाएपछि बच्चाले पनि त्यसै गरे, जो भिडियोमा देखाइएको थियो ।

मोवाइल फोन, इन्टरनेटको उपलब्धता र आमाबुबाको व्यस्तता यी सबै आधुनिक जीवनको उदाहरण हुन् । तर, यो यस्तो कारण पनि बन्दैछ, जसले बालबालिकालाई आक्रमक एवं रिसाहा बनाइरहेको छ ।

किशोर अवस्थामा पुगेपछि हर्मोनल परिवर्तन हुन थाल्छ । मस्तिष्क र शरीरका अंगहरु तिब्र रुपमा विकसित हुन थाल्छ । त्यही उमेरमा उनीहरुको तार्किक चेतना पनि विकास हुने क्रममा हुन्छ तर, भावनात्मक संवेदना पनि विकास भइसकेको हुन्छ । यस्तोमा बच्चाहरु धेरैजसो निर्णय भावनामा बहकिएर दिने गर्छन् । यससँगै उनीहरु अधैर्य, आक्रमक हुने गर्छन् ।