Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

‘कोरोनाको भ्याक्सिनसम्बन्धी सूचना चोर्ने रुसी ह्याकरको योजना’

Friday, July 17, 2020 National Power

काठमाडौं –  रुसी ह्याकरहरुले कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको भ्याक्सिन निर्माणसम्बन्धी सूचनाहरु चोरी गर्ने योजनामा रहेको चेतावनी दिइएको छ । रुसी ह्याकरहरुले मेलवेयर प्रयोग गरेर भ्याक्सिन निर्माणसम्बन्धी गोप्य सूचनाहरु चोर्ने योजना बनाएको ब्रिटेनको राष्ट्रिय साइबर सुरक्षा केन्द्र ९एनसीएससी०ले चेतावनी दिएको हो । एनसीएससीका निर्देशक पल चिचेस्टरले यसलाई घिनलाग्दो काम भनेका छन् ।

कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयास गर्दै आएका अमेरिकी, बेलायती र क्यानेडियन संस्थाहरु रुसी ह्याकरहरुको निशानामा रहेको एनसीएससीको दाबी छ । एनसीएससीले देशको नाम लिए पनि ती देशका कुन–कुन संस्था ह्याकरको निशानामा छन् भनेर खुलाएको छैन । ह्याकरहरुले अहिलेसम्म कुनै सूचना चोरी गरिसके कि, गरिसकेका छैनन् भन्ने पनि खुलेको छैन । यद्यपि कोरोनाविरुद्धको भ्याक्सिन निर्माणको काममा भने कुनै बाधा नपुगेको बताइएको छ ।