Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘कोरोनाको भ्याक्सिनसम्बन्धी सूचना चोर्ने रुसी ह्याकरको योजना’

Friday, July 17, 2020 National Power

काठमाडौं –  रुसी ह्याकरहरुले कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको भ्याक्सिन निर्माणसम्बन्धी सूचनाहरु चोरी गर्ने योजनामा रहेको चेतावनी दिइएको छ । रुसी ह्याकरहरुले मेलवेयर प्रयोग गरेर भ्याक्सिन निर्माणसम्बन्धी गोप्य सूचनाहरु चोर्ने योजना बनाएको ब्रिटेनको राष्ट्रिय साइबर सुरक्षा केन्द्र ९एनसीएससी०ले चेतावनी दिएको हो । एनसीएससीका निर्देशक पल चिचेस्टरले यसलाई घिनलाग्दो काम भनेका छन् ।

कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयास गर्दै आएका अमेरिकी, बेलायती र क्यानेडियन संस्थाहरु रुसी ह्याकरहरुको निशानामा रहेको एनसीएससीको दाबी छ । एनसीएससीले देशको नाम लिए पनि ती देशका कुन–कुन संस्था ह्याकरको निशानामा छन् भनेर खुलाएको छैन । ह्याकरहरुले अहिलेसम्म कुनै सूचना चोरी गरिसके कि, गरिसकेका छैनन् भन्ने पनि खुलेको छैन । यद्यपि कोरोनाविरुद्धको भ्याक्सिन निर्माणको काममा भने कुनै बाधा नपुगेको बताइएको छ ।