Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नेपाली नायिकाहरु खतरामा, फेक अश्लील भिडियो सार्वजनिक भएपछि प्रहरीमा उजुरी

Wednesday, May 27, 2020 National Power

काठमाडौ – केहि नेपाली नायिकाहरुको फेक अश्लील भिडियो सार्वजनिक भएपछि कारबाहीको लागी प्रहरीमा उजुरी परेको छ । पीडित एक नायिकाले सोमबार नै महानगरिय अपराध महाशाखा टेकुमा उजरी दिएकी थिइन् भने नेपाल चलचित्र कलाकार संघले मंगलबार संस्थागत उजुरी दिएको छ ।

‘इण्डीयन स्पाइडर स्क्वाड’को नाममा आएको सुचनामा लिम्पियाधुरा, कालापानी र लिपुलेख भारतको भएको बताउँदै अश्लील भिडियोमा नेपाली नायिकाहरुको अनुहार राखेर भिडियो बनाइ सार्वजनिक भएको थियो । सुचनामा १२ जना नायिकाहरुको मोबाइल ह्याक गरी भिडियो सार्वजनिक गर्न तयारी गरेको बताइएको छ । केहि नायिकाहरुको भने सार्वजनिक गरिसकेको छ ।

महानगरिय अपराध महाशाखाका प्रमूख एसएसपी दिपक थापाले कारबाही प्रक्रिया अगाडी बढाउने बताए । ‘आज नै भिडियो अपलोड भएका साइटहरु बन्द गर्ने प्रक्रियामा जान्छौँ । कसले कसरी यस्तो काम गरिरहेको छ यथाशिघ्र पत्ता लगाउने कोशिसमा हामी रहेका छौँ’ थापाले बताए ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सीमा विवादको नाममा नेपाली चेलीको चरित्रहत्या स्विकार्य नभएको बताए । प्रहरीले छिटो भन्दा छिटो दोषी पहिचान गरी कारबाही गर्ने बिश्वास लिएको उनले बताए ।

#FILMY KHABAR .COM#