Friday 25th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

पर्यटनमन्त्रीलाई नागरिकको खुल्ला पत्र !

Tuesday, May 19, 2020 National Power


लेखक : संच खालिङ राई

श्री नागरिक उड्डयन तथा पर्यटन मन्त्री ज्यु !
सिंहदरबार काठमाडौ, नेपाल

विषय – खुल्ला पत्र

माननीय मन्त्री ज्यु,  हामी १० लाख पर्यटन मजदुरको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट नमस्कार। सबभन्दा पहिला शक्तिशाली सरकारको जुझारु युवा नेता पर्यटन मन्त्री जस्तो गरिमामय पदमा पुग्नु भएकोमा हार्दिक बधाईका साथ सफल कार्यकालको लागि पनि शुभकामना ब्यक्त गर्न चाहान्छु। आज मैले यो कोभिड १९ नामक भाईरसका कारन भएको लकडाउन बिच केही कुराहरु खुल्ला पत्र मार्फत उल्लेख गरि मेरो सरकारसम्म आईपुग्ने कोसिस गरेको छु। थाहा छैन त्यहासम्म आईपुग्छु कि आई पुग्दिन तर अवस्य पनि केही पर्यटन ब्यबसायी र यसलाई नजिकबाट चिन्ने र जान्न खोज्ने नेपालीहरुसम्म आईपुग्छु भन्ने बिस्वास लिएको छु। सुरुमै भन्न चाहान्छु मैले माननीय ज्युले नेतृत्व गर्नु भएको मन्त्रालय र तपाईं प्रती कुनै खोट देखाउन खोजेको भने होइन अन्यथा त्यस्तो अर्थ लागेमा र माननिय ज्युको क्षमता र कार्यमा कुनै चोट पर्न गएमा क्षमा चाहान्छु।

एक स्पस्ट बक्ता, प्रखर युवा तथा जुझारु नेता सता र शक्तिमा पुग्दा खुसी नहुने को थियो होला र सायदै ! त्यसमा पनि म त पर्यटन व्यावसायी मान्छे हामिले तपाईं जस्तो ब्यक्तिलाई नेतृत्वमा पाउँदा हामी तपाईं भन्दा बढी खुसी भयौ, तपाईं जति उत्साहित भएर सिंहदरबार तिर यात्रा सोझ्याउदै हुनुहुथ्यो। अनि सोच्यौ अबको केही समय पछि नै पर्यटनमा कायपलट हुन्छ। अहिले बिचार गर्दा कतै हामी चाहिने भन्दा बढि आसाबादी त भएनौ ? प्रश्न आफै तिर तेर्सिएको छ। हुन त यो बेला तपाईको बारेमा बोल्ने र समिक्षा गर्ने समय होइन यो सुरुवात हो तै पनि कोभिड १९ ले थला पारेको पर्यटन अहिले सरकारको नीति तथा कार्यक्रमसम्म आइपुग्दा अलिकती निरासा भएको साचो हो। आज म पत्र मार्फत भए पनि नेपालको पर्यटन क्षेत्रको बारे केही तथ्य कुराहरु तपाईसङ्ग राख्न चाहान्छु।

नेपालमा पहिलो पटक सन १९४९ सालमा बृटिस नागरिक बिल तिलम्यान भन्ने पर्यटकले औपचारिक रुपमा नेपालमा कर तिरेर भ्रमण गरेका थिए अरुबेला अगाडि कसैले गरेको भए पनि औपचारिक देखिदैन। त्यहाबाट सुरु भएको नेपालको पर्यटनले त्यसको ठिक ४ वर्ष पछि १९५३ मे २९ मा स्विजरल्यान्डका नागरिक सर एड मन्ड हिल्लारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथामा पाईला टेके पछि पर्यटनले थप गति लियो र त्यो नै नेपालको पर्यटन क्षेत्रको महत्त्वपूर्ण सुरुवाती हो। सन १९४९ बाट सुरु भएको पर्यटनले अहिले सम्मको अवस्थामा नेपालको कुल अर्थतन्त्रको ३.०३ देखि ३.०५ % सम्म धानेको छ। १० लाख नेपालीलाई स्वरोजगार बनाएको छ भने अहिले सम्म पर्यटन क्षेत्र टिक्नुमा निजि क्षेत्रको लगानी, मेहनत बाहेक पर्यटन प्रबर्द्धनका प्रसस्त भौगोलिक र मानवीय श्रोत र साधन हो। अहिले नेपालमा ६००० माथिका १३१० वटा , ७००० माथिका ४१४ वटा र ८००० माथिका ८ वटा हिमालहरु छन जसमध्ये २३८ आरोहणको लागि खुल्ला गरिएको छ बांँकी केही धार्मिक कारण त केही सरकारको ब्यबस्थापनको कारण खुल्न सकेको छैन। ती बाहेक नदिनाला, झर्ना, वन जङ्गल, चरा चुरुङ्गी, जिवजन्तुको अलवा नेपालको मौलिक लोक संँस्कृती, धार्मिक परम्परा आदि आदि मानिन्छ। यी चिज हरुको उचित ब्यबस्थापन र संरक्षन पर्यटनको लागि अनिवार्य आवस्यकता हो।

विश्व पर्यटन क्षेत्रको अवस्था हेर्ने हो भने फ्रान्स संसारकै धेरै पर्यटक घुम्न आउने देशमा पर्छ। २०१९ को मात्र डाटा हेर्ने हो भने त्यहा ८ करोड ९० लाखले भ्रमण गरेको देखिन्छ। नेपालको रेकर्ड हेर्ने हो भने २०१९ मा ११ लाख ७३ हजारले भ्रमण गरेको देखिन्छ यो अनै अहिलेसम्मको उच्च मानिन्छ। यसरी सबै श्रोत र साधन भएर पनि नेपालको पर्यटनमा बिकास हुन नसक्नु यहाको कमजोर ब्यबस्थापन नै हो। सरकारको लगानी पर्यटन क्षेत्रमा शून्य जस्तै देखिन्छ। यहाँ पर्यटकहरु आनन्दले ढुक्क भएर बस्ने, घुम्ने, खाने अवस्था छैन। पर्यटकहरु घुम्नको अलवा आनन्द लिन आउछन यहाँ न त सुरक्षित महसुस नै गर्न सक्छन न त सोचे अनुरुप खर्च नै गर्न पाउंँछन यो हामी सबैको लागि दुर्भाग्य नै हो।

हामी पर्यटक लिएर जब यात्रामा निस्कन्छौ तब हामिले सुरुमै नचाहादा नचाहादै पर्यटकलाई भन्न विबस हुन्छौ कि अब उच्च हिमाली भेग पुगे पछि यो पनि न खा, त्यो पनि न खा, यो पनि नगर त्यो पनि नगर अनि कसरी पर्यटक रमाउन सक्छन ? हामीसङ्ग त्यो भन्दा अर्को बिकल्प पनि हुन्न। उच्च हिमाली भेगतिर खानपानकै कारण या अन्य कारण बिरामी भै हालेमा रेस्क्यु गर्ने त कुरै छोडौ त्यहांँ कसैलाई फोन गर्ने सम्म स्थिती हुन्न। ईन्टरनेटको कुरै छोडौ। अनि दौडेर दुई दिनको बाटो तल झरेर फोन लाग्ने ठाउंँमा आएर बल्ल बल्ल रेस्क्यु गर्न फोन सम्पर्क हुन्छ त्यतिन्जेल बिरामिको अवस्था के हुने हो, यसरी नै कतिले समयमै उपचार नपाउँदा ज्यान गुमाएका छन हाम्रो देशको पर्यटकले वा नेपालीले। हाम्रो पर्यटन क्षेत्रले कहिले सम्म यस्तो दुर्गति भोग्नु पर्ने होला मन्त्री ज्यु ? हाम्रो नजर त्यता तिर पनि लाउने पो हो कि ?

पर्यटनको बिकासका लागि सरकारले तीन पटक पर्यटन वर्ष घोषणा गर्‍यो। पर्यटनको बिकासको नाममा अरबौ राज्यको ढुकुटी रित्तियो तर पर्यटन क्षेत्रमा अलिकती पनि त्यसको प्रभाब परेन पर्नु पनि किन पर्थ्यो र काम कुरा एका तिर कुम्लो बोकि ठिमी तिर भए पछि। गत वर्ष पनि नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने नारा बनाएर पर्यटन वर्ष घोषणा गर्‍यो। करोडौ राज्यको ढुकुटी नि झ्वाम पार्‍यो अनि तामझाम न्वारन त गर्‍यो तर कोभिड लागेर बाल्यकाल मै देहवासान भयो। धन्न सुरुमै कोरोना लाग्यो नत्र यो पनि बाख्राको मुखमा कुभिन्डो हुने निस्चित थियो।

सरकारको पर्यटन वर्ष २०२० को प्रचार र कार्य शैली देख्दा नेपालमा पर्यटन क्षेत्रमा कोहि पनि बिज्ञ रहेनछौ जस्तो लाग्यो। पर्यटन बर्ष मनाउने र देखाउने होइन सुनाउने हो तर यहाँ त आको पर्यटकलाई देखाउनको लागि बिमानस्थल देखि ठमेलसम्म पर्चा टासेर धुमधाम प्रचार गरियो बिचरा यता नेपालको प्रचार पर्यटकले काठमाडौ आईपुगेर पर्चा देखेर पर्यटन वर्ष रहेछ भनेर थाहा पाउथे। होइन भने अन्तर्राष्ट्रिय सन्चार माध्यममा किन यसको ब्यपक प्रचार गरिएन। बिबिसि जस्तो सन्चार माध्यममा ब्यपक प्रचार गर्ने हाम्रो सरकारको हैसियत थिएन ? ठुला ठुला अन्तर्राष्ट्रिय मिडिया लगायत अन्तर्राष्ट्रिय ट्रान्जिटहरुमा विशेष प्याकेज सहितको पर्यटन सामाग्री डिस्प्लेमा देखाउन कुन कानुनले रोक्यो ? पशुपतिमा ६ करोडको फुल सजाउदैमा के पर्यटन बिकास हुन्छ ?

फेरि पर्यटन वर्ष असफल भएकोमा खुसी चाहिँ के मानेमा मान्नु पर्छ भने यदि सरकारले २० लाख भनेको ठाउमा १५ लाख नै ल्याएको भए पनि अस्तब्यस्त नै हुने कुरामा दुई मत थिएन। हाम्रो निजि क्षेत्रले धानेको पर्यटन क्षेत्रको क्षमता अहिले त्यत्ति धेरै छैन। हामिले सिजनको बेला पर्यटकको बाँस गासको समस्या भोग्दै आएको छौ। प्रसस्त मात्रमा होटेलहरु छैन। बिमानस्थल तिर अलपत्र परेको पर्यटकको फोटो सहितको समाचार आएको कुराहरु पनि नौलो होइन तै पनि सरकार कानमा तेल हालेर बसेको छ। यसको ब्यबस्थापनमा ध्यान नदिने हो भने पर्यटन वर्ष सफल भए पनि उपलब्धिको रुपमा लिन सकिन्न। पहिला राज्यले पर्यटन क्षेत्रको क्षमता बिस्तारमा ध्यान दिनु पर्छ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष समुद्द्घाटन कार्यक्रम रङ्गसालामा धुमधाम भएको थियो त्यहा पर्यटन सम्बन्धि क-कस्ले के के बोल्छन सुन्नु र भाबी पर्यटन नीति कस्तो बन्छ सुन्न आउने मन थियो तर त्यहा त टिकेट बेचेर व्यापार पो गर्दै हुनुहुथ्यो रहेछ त्यो थाहा पाए पछि हामी पानी खाएर पर्यटन क्षेत्रमा लागेको मान्छेलाई टिकट बोकेर त्यहासम्म आउन नैतिकताले दिएन मन्त्री ज्यु !

अहिले पनि कोभिडले पर्यटन अस्तब्यस्त भयो हामी ब्यबसायिहरु त मर्ने नै भयौ तर पर्यटन मन्त्रालय चुपचाप सुनेर नि नसुने झै गर्दैछ। मैले भखरै सम्म सरकारको नीति तथा कार्यक्रम नआईन्जेलसम्म त आशा राखेको थिए कि केही कुरा त्यताबाट सम्बोधन हुन्छ। म नीति तथा कार्यक्रम कान ठाडो पारेर सुनी रहे हेरि रहे अरुले त कुरै छोडौ पर्यटन मत्रालय सम्बद्ध कसैले पनि बोल्नु भएन अनि मलाई लाग्यो हाम्रो पर्यटन मन्त्रीलाई सल्लाहा दिने मान्छे अभाब हो कि बिज्ञता नभएको हो, होइन भने त बोल्नु पर्थ्यो होला नि ? अब अझै हामिले निजि क्षेत्रले मात्रै कति बोक्ने हो यो पर्यटनलाई त्यसो हो भने पर्यटन मन्त्रालयको काम कारबाही के हो त, हामिलाई स्पस्ट त पार्न सक्नु हुन्छ होला नि ? तपाईहरुलाई थाहा छ ?

विश्वको सर्बोच्च शिखर सगरमाथा प्रबेशद्वार मानिने तेन्जिङ हिलारी लुक्ला बिमानस्थल संसारकै ८ औ जोखिममा पर्छ जसले धेरै नेपाली र बिदेशिको ज्यान पनि लिएको छ। उक्त बिमानस्थल सन १९६० सालमा स्विजरलान्डको नागरिक एडमन्ड हिलारिले स्थानियको जग्गा ८०० युरोमा किनेर बनाएका हुन। अब त्यसको प्राबिधिक कुरा अध्यायन गरि त्यसलाई ८ औं बाट तल झारेर पर्यटनमा सहजता ल्याउन सकिन्न र ? के सरकारले पर्यटन क्षेत्रमा लगानि गर्न हुन्न र ? कति सम्म अरुकै भरमा चल्ने हो हाम्रो पर्यटन क्षेत्र ?

पर्यटनमा हाम्रो जिवनरक्षा र सुरक्षाको प्रत्याभूत हामिले कहिले देखि गर्न पाउने ? यी सबै विषयमा सम्बन्धित निकाय र सरकारको ध्यान चांँडै जाओस र नया ढंङ्गबाट नेपालको पर्यटन क्षेत्रको बिकास होस। नेपालमा थुप्रै अन्य ठांँउहरु पर्यटनको लागि योग्य रहे पनि त्यसको पहिचान गरि प्रबर्द्धनमा राज्य चुकेको छ चांँडै चेतना खुलोस यहि अपेक्षा सहित पर्यटन क्षेत्रको उत्तरोत्तर प्रगतिको कामना गर्छु जय पर्यटन । धन्यबाद ।

तपाईंको उहीँ सामन्य गरि खाने नागरिक

– लेखक : सन्च बहादुर राई, ९८४२८९८४६८