Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

परराष्ट्रमन्त्री भन्छन् एमसीसी सदनबाटै पास हुन्छ

Saturday, May 2, 2020 National Power

काठमाडौ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सयोगसम्बन्धि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित हुने ठोकुवा गरेका छन् । उनले एमसीसी कसैले रोक्न नसक्ने र रोके देशका लागि दुर्भाग्यपूर्ण हुने समेत बताए ।

‘एमसीसी संसदबाट पारित हुन्छ,’ मन्त्री ज्ञवालीले ऋषि धमलासँगको अन्तवार्तामा रेडियो एनआरएनमा भने, ‘सभामुखले पनि एमसीसीलाई सदनमा अगाडि बढाउनबाट रोक्न मिल्दैन ।’ एमसीसीबारे सदनले टुंगो लगाएपछि आफू सही थिएँ भन्ने प्रमाणित हुने दाबी गरे ।

एमसीसी बारे नेपाल कम्युनिस्ट पार्टीले हिजो प्रतिवेदन पेश गर्दै यथास्थितिमा पारित गर्न नमिल्ने सुझाव दिएको भोलिपल्ट ज्ञवालीको भनाई सार्वजनिक भएको हो । एमसीसीमा झलनाथ खनालको संयोजकत्वको अध्ययन टोलीले केही प्रश्नहरु उठाएको छ । ती प्रश्नहरु उपयुक्त नभएको ज्ञवालीको भनाई छ । उनले भने, ‘मैंले नोट अफ डिसेन्ट लेखेको छु ।’

एमसीसीबारे अनावश्यक हल्ला मच्चाइएको ज्ञवालीको भनाई छ । उनले विगतमा विश्व बैंकले लगानी गर्न लागेको अरण तेस्रो रोकदा देश २० वर्षसम्म लोडसेडिङको मारमा परेको स्मरण गराए । इतिहासलाई सम्झेर पनि एमसीसी पारित गर्नुपर्नेमा उनको जोड थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा पुगेको एमसीसीको विषयलाई अगाडि बढाउनुहोला त भनी सोधिएको प्रश्नमा उनले सभामुखले यसलाई रोक्न नमिल्ने बताए । उनले भने, ‘सरकारका बिजनेशलाई संसदले बढाउने हो ।’
# reportersnepal#