Saturday 3rd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

बिपद ब्यबस्थापनमा चुक्यो सरकार, प्रतिपक्षी मस्त निद्रामा सुत्यो

Friday, April 17, 2020 National Power

लेखक : संच खालिङ राई 

काठमाडौ – समय गतिशिल छ यसको न कुनै यंत्र नै छ जसले यो बेगलाई रोक्न या छेक्न सकोस, त्यसबाहेक पृथ्वीका सबै कुरा गतिशील हुदैन जुन जति खेर जे पनि हुन सक्छ त्यो कुरालाई आज फेरि एकपटक पुष्टि भएको छ र हामी त्यसैको सामना गरिरहेका छौ। यसबेला कोभिड १९ नामक भाइरसबाट सिङ्गगो विश्व नै अक्रान्त बनेको छ र शंसारले भए भएरको शक्ति लगाएर जुधे पनि अहिलेको अबस्थामा यो २० को १९ पनि भएको छैन झन बिकराल बन्दैछ। यसलाई एकथरिले तेश्रो बिश्वयुद्धको संज्ञा दिएका छ्न तर जे भए पनि यो भोगाईले कुनै पनि बिश्वयुद्ध भन्दा कम झझल्को चाहिँ दिएको छैन। पुरै संसार बन्द छ त्यसमा नेपाल पनि अछुतो रहन सकेन र सक्ने कुरा पनि भएन तर हर प्रयास भने नभएको होइन।
जब जब बिपद आईपर्छ नागरिकमा ठूलो भरोसा हुन्छ आफ्नो सरकारप्रती र आम नेपालीहरुले तर अझै पनि टुटाएका छैनन। यो बेला सुबिधाजनक दुई तिहाईको मत पाएको
नेकपा को स्पस्ट बहुमत सहितको सरकार छ। अझ बिगतको चुनाबी घोषणा पत्रसम्म पल्टाएर हेर्ने हो भने आम नेपाली जनताको आत्मबल बढ्नु पर्नेमा र सरकारा उच्छ सफल हुनुपर्नेमा यहाँ त उल्टो दिन दुई गुना र रात चौगुना असफल भएको कुरा जनताले महसुस गर्न थालेको छन। बिस्तारै जनताले सरकारको बिश्वासनियतामा खोट देखाउन थालेका छन यो कुरा गरिब बिपन्न मजदुरहरुको कारुणिक तस्बिरहरुले प्रस्ट पार्छ। भोकै मरिने डरले मजदुरहरु आफ्नो बासस्थानसम्म पुग्ने कोसिसमा छन र कल्पनै गर्न नसकिने यो विषम परिस्थिति बिच केही कुराको प्रबाह नगरी सयौ किलोमीटर दुरि टाढासम्म आफ्नो पैदल यात्रा तय गरिरहेका छन जुन आंँट गर्न जो कोहिले कल्पना गर्न सक्दैन। यस्तो आंँट गर्न जिन्दगिमा सबै कुरामा सबै तीरबाट भरोशा गर्न बन्दगर्नु हो र एउटा अघोषित आत्मघाती निर्णय नै हो जुन अहिले नेपालमा भै रहेको छ सरकार यी सबै कुरामा जानकार छ तर पनि उ बेखवर बनेर बसेको छ। जनताको जिउ धनमा कुनै चिन्ता छैन सरकारलाई अनि भन्दैछ नेपाल लकडाउन गरेर महमारी सङ्ग लड्न हाम्रो सरकार सफल हुँदै गएको छ, नेपालिको प्रश्न यहाँ हो लकडाउन गर्न बिलकुल गलत हैन यसको बिकल्प नै छैन तै पनि बिकल्प सहितको लकडाउन हुन जरुरी छ, कि ती मजदुर र बिपन्न बर्गका जनताको बाँस गाँस र कपासको लकडाउन भरी पुर्नरुपले जिम्मा लिनु पर्‍यो नभएमा आफ्नो बासस्थान सम्म पुग्ने ब्यबस्थापन सरकरले गर्नु पर्‍यो त्यो भन्दा अहिले अरु केही गर्नु पर्दैन र त्यो भन्दा बढी जनलाले सरकारबाट अपेक्षा पनि गर्दैनन।

सरकारसङ्ग स्पस्ट नीति योजना र कार्यक्रम हुनु पर्छ यस्तो बिपत कतिखेर आउछ भन्ने सकिन्न जहिले नि सरकार यहि सेरोफेरोमा चुकेको देखिन्छ। हामिले बिगतमा पनि यस्तो बिपतिको सामना गरेका छौ। हामी २०७२ को महाभुकम्प र त्यसपछिको अघोषित नाकाबन्दी र त्यसले पारेको नेपालीको कस्टकर जीवनयापन। संयोग भनौ या दुर्भाग्य भनौ हामिले यी दुईटै महाबिपत्तिको सामना गर्न एउटै नेतृत्वको सरकार पायौ यसमा कुनै गुनासो छैन। म सम्झन्छु महाभुकम्पले थिलथिलो बनाएको त्यो क्षण अनि भारतिय नाकाबन्दी । जनताको देशप्रतिको अपार मायाले त्यो बेला पनि नेपाली जनताले सरकारलाई खबरदारी गरि रहे हामी साईकल चढ्छौ पैदल हिड्छौ, गाउंँगाउबाट दाउरा ल्याउछौ हामिलाई ग्यास चाहिन्न भोकै मर्छौ तर नाकाबन्दी खोल्ने नाममा कुनै पनि रास्ट्रघाती सम्झौता नगरियोस यो खबरदारी र बलियो साथ पाएर सरकार केहि हदसम्म सफल भयो जनता खुसी नै थियो सङ्गै जनतालाई आशा थियो यत्ती धेरै सरकारलाई साथ दिए पछि सरकारले जनतालाई त्यो बलियो साथको लागि धन्यवाद दिन्छ तर उल्टो सरकार रातारात रास्ट्रबादी छवि बनाउदै झनतालाई भुल्दै गए र कार्यकर्ताहरुले पनि नेताको बोलीमा हो मा हो मिलाउदै त्यसलाई एकहदसम्म गलतलाई सहि साबित गर्न मलजल पुगेको थियो। सिमित मन्त्री र नेताहरुले राम्रै अबसर पाए। त्यो अबस्था र बर्तमान अबस्था अलिक फरक छ। अहिले पनि सरकारलाई जनताको भरपुर सहयोग नै छ। जनता भोकै सडक सडक मर्न तयार छन, सयौ किलोमीटर चुपचाप हिडेर आफ्नो झुपडीसम्म पुग्न तयार छन तर कहिल्यै बिच सडकमा निस्केर सरकार भोकै छौ हामिलाई खान देउ भनेका छैनन यो कुरा राज्यले गम्भिर रुपमा लिन जरुरि छ। यो सरकारले के गर्छ जनता प्रतिक्षा गरेर बसेका छन यो सरकारको लागि अबसर र चुनौती दुबै हुनेछ। फेरि पनि यो सरकारली संकट आउने बितिक्कै लकडाउन गरेर ठुलै युद्धमा बिजय भैयो भन्ने नसोच्दा हुन्छ किनकी त्यो दिन सम्म सरकारको डाटामा कोरोनाबाट मर्नेको संख्या त थोरै नै आउला तर भोकै मर्नेहरुको डाटा न कुनै सरकारसङ्ग हुन्छ न त कुनै निकायसङ्ग हुनेछ जुन भोकै मर्नेको सङ्ख्या कोरोनाको भन्दा धेरै गुणा बढी हुनेछ।

प्रतिपक्ष काङ्ग्रेस मस्त सुत्यो
नेपालको पुरानो पार्टी र जनताको राम्रो साथ पाएको प्रतिपक्ष नेपाली काङ्ग्रेस पनि बिपत्तिले जनतालाई के सम्म को असर परेको छ त्यो बारे बेखबर छैन र तर पनि निरीह बनेको छ। प्रतिपक्ष जहिले पनि बैकल्पिक शक्ति मात्रै नभै बैकल्पिक सरकार नै हो। जनताको पीडा प्रतिपक्षी मार्फत सरकारसम्म पुग्छ अझ जहाँ जहाँ सरकार पुग्दैन त्यहा त्यहा प्रतिपक्षी पुग्नु पर्छ तर बिडम्बना नेपाली काङ्ग्रेस मस्त निन्द्रामा छ। जनतालाई लागेको थियो काङ्ग्रेसले यो बिपत्ती आउने बित्तिकै यो बिपत्तिसङ्ग सामना गर्न गम्भिर भएर लाग्ने छ तत्काल केन्द्रिय समितिको बैठक बसेर ठोस योजना बनाउछ र सरकारलाई जनताको जिउधनको सुरक्षा गर्न खबरदारी गर्ने छ। पार्टिको तर्फबाट बैकल्पिक राहात कोषको सुरुवात गर्ने छ र त्यो कोषमा सम्पुर्ण सुभेच्छुकबाट स्वस्फूर्त रुपमा राहातको लागि चन्दा संकलन हुने छ, देशब्यापी रुपमा पार्टी कमिटी र भातृ संगठनहरुलाई बिपत सामना गर्न निर्देशन गरिनेछ र देशवासीलाई भनिने छ तपाईहरु कहाँ कहाँ आपत बिपतमा हुनुहुन्छ नजिकको पार्टी आबद्द साथिहरुसङ्ग परामर्श गर्नुस हामी यो बिपत्तीमा तपाईहरुको घाउमा मलम पट्टि गर्छौ हामिले राहात कोष खडा गरेका छौ पुगेन भने हामी नेताहरु भोकै बस्छौ हामीसङ्ग जे छ त्यो सबै जनतालाई हस्तान्तरण गर्छौ बरु आफू भोकै नाङ्गै भएर पनि तपाईहरुलाई बचाउछौ ढुक्क हुनुहोस भन्लान भन्ने थियो तर अझै निन्द्रा पुर्‍याएको छैन रहेछ प्रतिपक्षले पनि। यस्तो परिस्थिति को बिच चुपचाप यो महामारी को सामना गरिरहनुहुने तपाईं तमाम नेपालीहरुलाई उच्च सम्मान छ।

जय नेपाली, जय देश