Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

व्यवसायीहरूद्धारा बनेपाका प्रहरीलाई स्वास्थ्य सामाग्री

Monday, April 13, 2020 National Power

काभ्रेपलान्चोक – जिल्लाको निकै व्यस्त शहर बनेपामा व्यवसाय गर्दै आएका ख्रीष्टियन युवा व्यवसायीहरूद्धारा इप्रका बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेलाई स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाईरसका कारण देश नै त्रासित अवस्थामा भएको बेला यस महामारिको प्रभाब हाम्रो मुलुकमा पनि बिस्तार हुन नपाओस भनी नेपाल सरकारले यती बेला देश नै लकडाउन लगाएको छ ।

यस्तो अवस्थामा बनेपामा रहेको दि मार्क फेब्रिक्सका प्रोपाइटर प्रदिप कुमार प्रजापति, नेशनल ओएर एण्ड युनिफर्म हाउस प्रा. लि. का म्यानेजिङ डाइरेक्टर सुजन सुन्दास, र मेरो टेलर्सका प्रोपाइटर सन्दिप बिक्रम थापाले स्वास्थ्य सामाग्रीहरू सुरक्षाकर्मी लाई दिएको हो ।

व्यवसायिहरुले जिल्ला ट्राफिक कार्यालय बनेपालाई पिपिई ४ थान र मास्क १०० थान हस्तान्तरण गरेका हुन् । त्यसैगरी बनेपास्थित इलाका प्रहरी कार्यालयलाई पिपिई ५ थान र मास्क १५० थान वितरण गरेको छ ।

कोरोना भाइरस कोभिड–१९का कारण देश अहिले लकडाउनमा रहेको समयमा आफ्नो स्वास्थ्यको ख्याल नगरी दिनरात जनताको सुरक्षामा खटिरहनुभएकाले सुरक्षाकर्मीहरूको वास्ता गर्नु हामीहरूको पनि कर्तब्य भएकोले तीन जना व्यवसायीहरु मिलेर सहयोग गरेको बताएका छ्न ।