Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

कोरोना महामारीको बेला राष्ट्रिय गान गाएर नयाँ वर्षको सुरुवात

Monday, April 13, 2020 National Power

काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बीच नेपालीहरुले राष्ट्रिय गान गाएर नयाँ वर्ष २०७७ सालको सुरुवात गरेका छन् ।

चिकिसत्क तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा नेपालीहरुले सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाएका हुन् ।

सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, सर्वसाधारण लगायतले बिहान ८ बजेको समयमा आफू रहेकै स्थानमा उभिएर राष्ट्रिय गान गाएका थिए । राष्ट्रिय गान गाइसकेपछि उनीहरुले ताली बजाएका थिए ।

आइतबारै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोक्न अहोरात्र खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन र ताली बजाउन सबैलाई आह्वान गरेका थिए । सिंहदरबार अगाडिको बग्गीखानामा ट्राफिक प्रहरीहरुले हातमा राष्ट्रिय झण्डा समातेर राष्ट्रिय गान गाएका थिए ।

सोमबार बिहान ट्राफिक प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय तिनकुने र घर तथा चोकहरुमा मानिसहरुले राष्ट्रिय गान गाएको देखियो ।