Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

युवा ब्यबसायीहरुले बनेपा नगरपालिकालाई गरे खाद्यान्न सहयोग

Sunday, April 12, 2020 National Power

काभ्रेपलान्चोक – विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढेपछि अहिले सरकारले ३ सातासम्मका लागि देश लकडाउनको अवस्थामा राखेको छ । लकडाउनमा अत्यावश्यक सेवाका बाहेक सरकारी अर्धसरकारी कार्यालयहरु बन्द छन् । उद्योग कलकारखाना विकास निर्माणका काम सबै ठप्प छ ।

दैनिक ज्याला मजदुरी गर्नहरु लाई अहिले निकै समस्या परेको बेलामा काभ्रे उद्योग बाणिज्य संघको समन्वयमा उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था तथा युवा ब्यबसायी, समाजसेवी, सहकारी अभियन्ता शान्तामणी रिजालबाट बनेपा नगरपालिकालाई खाद्यान्न चामल २० बोरा र तेल ४ बाकस राहत हस्तान्तरण गरिएको छ ।

विश्व नै प्रकाेपकाे बिपत्तिमा रहेकाे बेला हामिले सरकारलाई साथ दिइ निजि क्षेत्र बाट सबै तहले सरकारलाई सघाई याे महामारी बाट जाेगिनु र जाेगाउन तिर हामि सबैले सहयोग गरौं भन्ने भाबनाले सहयोग गरेको रिजालले बताएका छन ।